२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकामा कोभिड भ्याक्सिनलाई नियमित खोपमा समावेश गर्न प्रस्ताव

अमेरिकामा कोभिड भ्याक्सिनलाई नियमित खोपमा समावेश गर्न प्रस्ताव


अमेरिकाका स्वास्थ्य अधिकारीहरूले कोभिड १९ को भ्याक्सिनलाई वार्षिक खोपका रूपमा समावेश गर्न प्रस्ताव गरेका छन् ।

सोमबार अमेरिकाको खाद्य तथा औषधि प्रशासनले उक्त प्रस्ताव राखेको हो । प्रशासनले कोभिड सङ्क्रमण विरुद्ध लड्न वर्षमा एक पटक कोभिड १९ भ्याक्सिन सबैले लगाउनुपर्ने कुरा उक्त प्रस्तावमा जनाएको छ ।

यसको मतलब अमेरिकी नागरिकहरूले अब आफूले कहिले खोप लगाएँ या खोप लगाएको कति समय भयो भन्ने किसिमका कुराहरूलाई सम्झिरहनु नपर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाका ८० प्रतिशत मानिसले एक खोपको डोज प्राप्त गरेका छन् भने अगस्टमा आएको बुस्टर लगाउनेको संख्या मात्र १६ प्रतिशत रहेको छ ।

उक्त प्रशासनले बाहिरी प्यानलका खोप विशेषज्ञहरूलाई बिहीबारको बैठकमा सोध्नेछन् भने एजेन्सीले पनि उनीहरूको प्रस्तावलाई ध्यानमा राख्ने विश्वास राखिएको छ ।

अनलाइनमार्फत सेयर गरिएका कागजपत्रमा प्रशासनका वैज्ञानिकहरूले भ्याक्सिनका कारण धेरै अमेरिकनहरूसँग पर्याप्त मात्रामा रोग प्रतिरोधात्मक शक्ति भएकाले पनि हाल कोभिड सङ्क्रमण हुनबाट सुरक्षित रहेको र त्यसै कारणले गर्दा अब कोरोना भ्याक्सिनलाई वार्षिक खोपका रूपमा समावेश गर्न आवश्यक रहेको जनाइएको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ