२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वजापानमा घट्दो जन्मदरसँगै, वृद्धहरूको हेरचाह गर्नेको सङ्ख्या पनि घट्दै : चिन्तामा प्रधानमन्त्री

जापानमा घट्दो जन्मदरसँगै, वृद्धहरूको हेरचाह गर्नेको सङ्ख्या पनि घट्दै : चिन्तामा प्रधानमन्त्री


जापानका प्रधानमन्त्रीले देशको घट्दो जन्मदरका कारण सामाजिक रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

१२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानले यस वर्ष गत वर्षको तुलनामा ८ लाखभन्दा कम जन्म भएको अनुमान गरेको छ । सन् १९७० को दशकमा यो सङ्ख्या २० लाखभन्दा बढी थियो ।

जापानका छिमेकी लगायत धेरै देशहरूमा जन्मदर सुस्त भए पनि तर जापानमा यो  विशेष गरी बढ्दो अवस्थामा छ ।  हालैका दशकहरूमा औसत आयु बढिरहेको जापानमा वृद्धहरूको सङ्ख्या बढ्दै गएको छ तर उनीहरूलाई हेरचाह गर्नेहरूको सङ्ख्या घट्दै गएको छ ।

विश्व बैङ्कको तथ्याङ्क अनुसार सानो राज्य मोनाको पछिको दोस्रो सबैभन्दा बढी वृद्धहरूको जनसङ्ख्या भएके देशमा जापान पर्छ । त्यहाँ हाल जनसङ्ख्याको २८ प्रतिशत वृद्ध वृद्धा छन् ।

हाल सिर्जित अवस्थालाई न्यूनीकरण गर्नका लागि “बालबालिका र बाल–पालन सम्बन्धी नीतिहरूमा ध्यान केन्द्रित गर्नु एक मुद्दा हो जुन कुर्न र स्थगित गर्न नसकिने अवस्थामा छ उनले भने“।

उनले अन्ततः सरकारले बालबालिका सम्बन्धी कार्यक्रममा खर्च दोब्बर गरोस् भन्ने चाहेको पनि बताए । उनले यस विषयमा केन्द्रित हुने गरी अप्रिलसम्ममा नयाँ सरकारी निकाय स्थापना गरिने पनि बताए । यद्यपि, जापानी सरकारहरूले यसअघि पनि यस्तै रणनीतिहरू प्रवर्द्धन गर्ने प्रयास गरेका थिए, तर ती रणनीतिहरू सफल भएनन् ।

२०२० मा, अनुसन्धानकर्ताहरूले जापानको जनसङ्ख्या २०१७ मा १२८ मिलियनको शिखरबाट शताब्दीको अन्त्यसम्ममा ५३ मिलियनभन्दा कम हुने अनुमान गरेका थिए। आधिकारिक तथ्याङ्क अनुसार जनसङ्ख्या हाल मात्र १२५ मिलियन भन्दा कम छ ।

जापानले केही खुकुलो भए पनि कडा अध्यागमन कानुनहरू लागू गरिसकेको छ, तर केही विज्ञहरूले अब आफ्नो बुढ्यौली समाजलाई सम्बोधन गर्नका लागि नियमहरूलाई थप खुकुलो बनाउनुपर्ने भनिरहेका छन् ।

बढ्दो जीवन लागत, शिक्षा र महिलाहरू पनि काममा व्यस्त हुने साथै गर्भ निरोधकहरूमा बढी पहुँचजस्ता कारकहरूले गर्दा जापानको जन्मदर घटिरहेको जनाइएको छ ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ