२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वविश्व स्वास्थ्य संगठनले लम्ब्यायो विश्वव्यापी स्वास्थ्य आपतकाल

विश्व स्वास्थ्य संगठनले लम्ब्यायो विश्वव्यापी स्वास्थ्य आपतकाल


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल अवधिलाई लम्ब्याएको छ । सन् २०२० को जनवरीदेखि लागू भएको कोभिड–१९ पीएचईआईसी (पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न) स्थितिलाई अन्तर्राष्ट्रिय स्वास्थ्य परिषद्को आपतकालीन समितिको बैठकपछि थप तीन महिनाका लागि लम्ब्याइएको डब्लुएचओले जनाएको हो ।

डब्लुएचओका महानिर्देशक चलिरहेको कोभिड-१९ महामारीको सम्बन्धमा समितिले दिएको सल्लाहसँग सहमत भएको र यो घटनाले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाललाई केही समय लम्ब्याउने निर्णय जारी गरिएको डब्लुएचओले जनायो ।

डब्ल्यूएचओका विज्ञहरूका अनुसार, “कोभिड-१९ महामारी सम्भवतः संक्रमणको बिन्दुमा छ।“ कोभिड -१९ महामारी एक इन्फ्लेक्सन विन्दुमा पुग्न सक्ने समितिले स्वीकार गरेको छ ।

विश्वव्यापी रूपमा जनसंख्याको प्रतिरोधात्मक क्षमताको उच्चस्तर हासिल गरेर या त संक्रमण वा खोपको माध्यमबाट, बिरामी दर र मृत्यु दरमा सार्स कोभ-१९ को प्रभावलाई सिमित गर्न सकिने उनले बताए ।

तर, यो भाइरस निकट भविष्यको लागि मानव र जनावरहरूमा स्थायी रूपमा स्थापित रोगजनक रहनेछ भन्नेमा थोरै आशङ्का पनि रहेको जनाइएको छ ।

“मानव र जनावरको भण्डारबाट यो भाइरस हटाउने एकदमै असम्भव भएतापनि संक्रमणदर र मृत्युदरमा यसको विनाशकारी प्रभावलाई न्यूनीकरण गर्न सम्भव छ र यसलाई प्राथमिकताको लक्ष्यको रूपमा जारी राख्नुपर्छ,“ डब्ल्यूएचओले भनेको छ।

त्यस्तै डब्ल्यूएचओले (पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न) समाप्त भएपछि पनि कोभिडविरुद्धको प्रयास जारी राख्न वैकल्पिक संयन्त्र निर्माण गर्न सुझाव दियो ।

एजेन्सीको सहयोगमा 


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ