२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्व१३ वर्षकै उमेरमा सामाजिक सञ्जालमा आउनु हानिकारक 

१३ वर्षकै उमेरमा सामाजिक सञ्जालमा आउनु हानिकारक 


अमेरिकाका जनरल सर्जन विवेक मूर्तिले १३ वर्षको उमेरमै बच्चाहरू सामाजिक सञ्जालमा आउनु भनेको निकै चाँडो रहको बताएका छन् । साइटहरूले त्यति उमेरका बच्चाहरूलाई साइटमा आउनु अनुमति दिए पनि त्यो उमेरमा बच्चाहरू आफ्नो पहिचान नै बनाइरहेको अवस्था रहेकाले यो उमेर सोसल मिडियाको लागि कम रहेको बताए ।

मेटा, ट्विटर तथा अन्य सामाजिक सञ्जाल निर्माणका होस्टहरूले १३ वर्षका बच्चाहरूलाई त्यो प्ल्याटफर्ममा जोडिन अनुमति दिन्छ ।
सिएनएन न्युजरुममा बोल्दै, उनले आफूले देखेका तथ्याङ्कहरूले आफूलाई १३ वर्षको उमेर निकै चाँडो भएको विश्वास भएको जनाएका छन् ।

उनले त्यो समय बच्चाहरूको त्यो उमेर उनीहरू आफुले आफैलाई बुझ्ने र आफ्नो सम्बन्धहरूबारे बुझ्ने उमेर हो । तर सामाजिक सञ्जालमा प्रवेश भएपछि उनीहरूलाई त्यहाँको वातावरणले नकारात्मक हानी पार्ने उनले जनाए ।

किशोर किशोरीको बढ्दो सामाजिक सञ्जाल उपयोगले चिकित्सकहरूमा चिन्ता बढाएको छ । चिकित्सकहरूले सामाजिक सञ्जालको प्रयोगबाट किशोर किशोरीमा पर्ने हानिबारे अध्ययन गरिनुपर्ने औँल्याएका छन् ।

डा. मूर्तिले बच्चाहरूलाई अभिभावकहरूले यसबाट टाढा राख्न असहज हुने स्विकार्दै सबै अभिभावकहरू एकै रूपमा लागी परेमा सफल हुनसक्ने पनि जनाएका छन् ।

यदि अभिभावकहरू सँगै आएर हामी हाम्रा बच्चाहरूलाई १६, १७ या १८ वर्षको उमेर नभई सोसल मिडिया चलाउन दिँदैनौँ भनेर अघि बढेमा अभिभावकहरुले आफ्नो बच्चाहरूलाई यी हानिमा पर्नबाट जोगाउन सक्ने पनि उनले सिएनएनलाई बताए ।

किशोरकिशोरीहरु बढ्दो जोखिममा
एक रिसर्चले सोसल मिडिया जाँच गरिरहने बानी भएका किशोर किशोरीको दिमागको रसायन पनि परिवर्तन हुने पत्ता लगाएको छ ।

जामा पेडियाटिक्समा यस महिना प्रकाशित एक अध्ययनका अनुसार, सामाजिक सञ्जालहरू नियमित रूपमा जाँच गर्ने विद्यार्थीहरूले उनीहरूको दिमागका केही भागहरूमा अधिक न्युरल संवेदनशीलता देखाउँछन्, जसले उनीहरूको मस्तिष्कलाई समयसँगै सामाजिक परिणामहरूप्रति बढी संवेदनशील बनाउँछ ।

डा. एड्रियाना स्टेसी जस्ता मनोचिकित्सकहरूले वर्षौँदेखि यो घटनालाई औँल्याएका छन् । मुख्यतया किशोर किशोरी र कलेजका विद्यार्थीहरूसँग काम गर्ने स्टेसीले यसअघि सीएनएनलाई सामाजिक सञ्जाल प्रयोग गर्दा मस्तिष्कमा “डोपामाइन डम्प“ उत्पन्न हुने बताएकी थिइन् ।

“जब हामी कोकेन प्रयोग गर्ने वा स्मार्टफोन प्रयोग गर्ने जस्ता लत लाग्ने चीजहरू गर्छौँ, हाम्रो दिमागले एकै चोटि धेरै डोपामाइन निकाल्छ । यसले हाम्रो दिमागलाई प्रयोग गरिरहन भन्छ, “उनले भनिन् । “विशेष गरी किशोर किशोरीहरूको लागि, तिनीहरूको मस्तिष्कको यो भाग वास्तवमा वयस्कहरूको तुलनामा अति सक्रिय हुन्छ । तिनीहरू अरू केही गर्न उत्प्रेरित हुन सक्दैनन्। ”

हालै गरिएका अध्ययनहरूले अत्यधिक स्क्रिन समयले मस्तिष्कको विकासलाई असर गर्न सक्ने देखाउँछन् ।

सिएनएनबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ