२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वटर्कीमा शक्तिशाली भूकम्प : १७ को मृत्यु 

टर्कीमा शक्तिशाली भूकम्प : १७ को मृत्यु 


सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ४ १७ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी कम्तीमा १७ जनाको मृत्यु भएको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणले स्थानीय समय अनुसार ०४ः१७ मा (०१ः१७ जिएमटी) गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरूमा पनि महसुस गरिएको थियो । त्यस्तै त्यहाँका धेरै भवनहरू ध्वस्त भएका छन् भने ती भवनहरूमा धेरै मानिसहरू फसेको पनि रिपोर्टले जनाएका छन् । स्थानीय टर्की अधिकारीहरूले कम्तीमा १७ व्यक्तिको मृत्यु भएको बताएका छन् भने मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।

टर्कीका आन्तरिक मन्त्री सुलेमोन सोयलुले भुकम्पबाट गाजिएन्टेप, कहरामनमारास, हाते, उस्मानी, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी टर्कीका १० सहरहरू प्रभावित भएको जनाएका छन् ।

गाजियन्टेपको उत्तर–पूर्वी, दियारबाकिरमा रहेको बिबिसी टर्कीका एक संवाददाताले सहरको एउटा सपिङ मल भत्किएको जानकारी दिएका छन् ।

भूकम्पको धक्का सिरिया, लेबनान र साइप्रसमा पनि महसुस गरिएको थियो । लेबनानको राजधानी बेरुतका एक विद्यार्थी मोहम्मद एल चामाले बिबिसीलाई भने, “मैले केही लेखिरहेको थिएँ र अचानक पूरै भवन हल्लियो र मलाई के महसुस गर्ने थाहा थिएन।“
“म झ्यालको छेउमा थिएँ त्यसैले मलाई तिनीहरू चकनाचुर हुनेछन् भनेर डराएको थिए । यो चार–पाँच मिनेटसम्म चल्यो र यो धेरै डरलाग्दो थियो “ उनले भने।

गाजा स्ट्रिपमा बिबिसी निर्माता रुश्दी अबुअलौफले आफू बसेको घरमा भूकम्पले करिब ४५ सेकेन्ड हल्लाएको बताए । टर्कीका भूकम्पविद्हरूले भूकम्पको शक्ति ७.४ म्याग्निच्युड रहेको अनुमान गरेका छन् । केही मिनेटपछि दोस्रो भूकम्प गएको उनीहरूले बताएका छन् ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र मध्ये एक हो । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ