२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वटर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघ्यो : ५० हजार बढी घाइते

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघ्यो : ५० हजार बढी घाइते


टर्की र सिरियामा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १५ हजार नाघेको छ । यो सङ्ख्या लगातार बढिरहेको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पले अहिलेसम्म १५,००० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । व्यापक विनाशका बिचमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

त्यस्तै भूकम्पमा ५० हजारभन्दा बढी घाइते भएको बताइएको छ भने त्यो भन्दा बढी सङ्ख्यामा मानिसहरू भग्नावशेषमै रहेको जनाइएको छ ।


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ