२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानसिक र बाल स्वास्थ्यका क्षेत्रमा नेपाललाई सहयोग गर्न तयार छौं : महानिर्देशक डा. टेड्रोस

मानसिक र बाल स्वास्थ्यका क्षेत्रमा नेपाललाई सहयोग गर्न तयार छौं : महानिर्देशक डा. टेड्रोस


काठमाडाै-स्वीटजरल्याण्ड भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पद गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसससँग भेट गरेका छन्।

विश्व स्वास्थ्य संगठनको मुख्यालयमा भएको भेटमा नेपालमा मानसिक रोग र बाल रोगको अवस्था र संगठनले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको मन्त्रीसँग भ्रमणमा रहेका मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।

महानिर्देशक डा. टेड्रोसले पनि सामाजिक सञ्जाल ट्विटरमा मन्त्री गिरीसँगको भेटमा नेपालमा मानसिक र बाल रोगको रोकथामका विषयमा भइरहेको प्रगति, विश्व स्वास्थ्य संगठनको सहयोग र नेपालका ल्याबहरुको गुणस्तर र क्षमतामा वृद्धि गर्ने विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

स्वास्थ्यमन्त्री गिरीले कोभिड—१९ खोप, अन्य खोप कार्यक्रम र विभिन्न प्रकोपहरु नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले खेलेको भूमिका लागि धन्यवाद दिएका थिए । उनले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा जैविक औषधिको प्रतिरक्षा प्रणालीलगायत हाल भइरहेका गतिविधीहरु विस्तार, थप सहकार्य र समन्वय गर्ने कुरा राखेका थिए ।

मन्त्री निकट स्रोतकाअनुसार महानिर्देशक डा. ट्रेडोसलाई भेट्नुको प्रमुख कारण आगामी सेप्टेम्बरमा हुन गइरहेको विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली देशहरुको क्षेत्रीय निर्देशकको निर्वाचन हो । जुन निर्वाचनमा नेपालले विश्व क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिने घोषणा गरिसकेकेको छ । क्षेत्रीय निर्देशकका लागि नेपालको तर्फबाट विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यलय कार्यरत नेपाली डा. शम्भु आचार्यलाई नेपालले उम्मेदवार बनाउँदैछ ।

त्यसको घोषणा यसअघि नै सरकारले गरिसकेको छ । क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशले पनि आफ्नो दावी पेश गरिसकेको छ । बंगलादेश सरकारले त्यहाँको प्रधानमन्त्रीकी छोरी साइमा वाजेदलाई उम्मेदवार बनाएको छ ।

मन्त्री गिरी पाँचौ विश्व मन्त्रीस्तरीय प्यासेन्ट सेफ्टी समिटमा भाग लिन स्वीटरज बुधवार पुगेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ