२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वविश्वमा २० वर्षकै ठूलो हैजा संक्रमण हुनसक्ने डब्लुएचओको चेतावनी

विश्वमा २० वर्षकै ठूलो हैजा संक्रमण हुनसक्ने डब्लुएचओको चेतावनी


आर्थिक संकट, जलवायु परिवर्तन र कोभिड–१९ को महामारीबाट आएको नतिजालगायतका कारणले उच्च जोखिममा रहेका कम्तिमा ३० देशहरूमा हैजा फस्टाउनको लागि उपयुक्त अवस्था सिर्जना भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ ।

धेरै वर्षको गिरावटपछि २०२२ मा विभिन्न प्रकोपहरूको मापन तीव्र रूपमा बढेको डब्ल्यूएचओले जनाएको छ । ‘अघिल्लो वर्ष २३ को तुलनामा गत वर्षको जनवरी र अक्टोबरको बीचमा २९ देशले यस रोगका केसहरू रिपोर्ट गरेका थिए – ती संख्याहरू २०२३ मा बढ्ने निश्चित छन्, ’ डब्लूएचओले भनेको छ ।

‘एकै समयमा यी ठूला प्रकोपहरू भएका देशहरूको संख्या, हामीले कम्तिमा २० वर्षमा देखेका छैनौं,’ डब्लुएचओको हैजा आपतकालीन प्रतिक्रिया इकाईका प्रमुख फिलिप बारबोजाले टेलिग्राफलाई भने ।

‘हामीले हेरिरहेका अधिकांश ठूला प्रकोपहरू सबै प्रमुख, असामान्य जलवायु घटनाहरूद्वारा संचालित छन्,’ उनले थपे, ‘दक्षिणी अफ्रिकी देशहरू विशेष गरी जोखिममा छन् किनभने उनीहरूले लगातार तेस्रो वर्ष भारी वर्षा र ला निनाद्धारा ल्याएको चक्रवातको सामना गरिरहेका छन् ।’

डब्ल्यूएचओका निर्देशक टेड्रोस अधानोम गेब्रेयससले गत वर्ष जलवायु परिवर्तनको प्रभावले हैजाको असरलाई ‘टर्बोचार्ज’ गरेको बताएका थिए ।

सिरियाले गत वर्ष १५ वर्षमा पहिलो पटक रोगको प्रकोपको घोषणा ग¥यो, गत महिनाको भूकम्पपछि स्थिति बिग्रँदै गएको थियो । लेबनानले ३०० वर्षमा पहिलो पटक यस्तै समस्याको सामना गरिरहेको छ किनकि यसले आर्थिक पतनको बीचमा रोगसँग लड्न संघर्ष गरिरहेको छ ।

विज्ञहरूकाअनुसार विभिन्न देशका स्वास्थ्य सेवाहरू कोभिड–१९ का कारणले ओझेलमा परेकाले यो समस्या बढेको छ, जुन महामारीभर हैजाको प्रकोपसँग लड्ने प्रयासहरू रोकिएका छन् ।

‘हैजा नियन्त्रण गर्न सकिन्छ, नियन्त्रण गर्नुपर्छ,’ बारबोजाले बताए, ‘यो महँगो होइन, स्वास्थ्य सेवामा पहुँच प्रदान गर्न मात्र हो । यो आधारभूत मानव अधिकार हो ।’

हैजा एक गम्भीर रोग हो जुन दूषित खानेकुरा वा पानी खाँदा सर्छ । यसको उपचार नगर्दा केही घण्टाभित्रै मृत्यु हुन सक्छ । डब्ल्यूएचओको तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष लगभग १ लाख ४३ हजार यस रोगबाट मर्छन् ।

आरटीकोको सहयोगमा


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ