२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठविश्व२० वर्षीया युवतीको पाठेघरबाट निकालियो ४७ किलोको ट्युमर

२० वर्षीया युवतीको पाठेघरबाट निकालियो ४७ किलोको ट्युमर


एक २० वर्षीया युवतीले आफ्नो शरीरबाट लगभग ४७ किलो तौलको ट्युमर निकालेपछि नयाँ जीवन पाएकी छन् । उनको पाठेघरमा रहेको ट्युमर निकालिएको हो । एलिसन फिसर नाम गरेकी उक्त युवतीको शरीरबाट ४६ लिटर पानी बोकेको ट्युमर निकालिएको हो ।

जुन रोग लिएर बिरामी भएर जचाउन जाँदा पनि तौल घटाउनुहोस् भनेर डाक्टरहरुको सल्लाह पाइराखेकी उनले उक्त पेटको ट्युमर जचाउन जान डराएर उपचार नै नगरी बसेकी थिइन् । जब एलिसन १६ वर्षकी थिइन्, उनको बुबाको मृत्यु भएको थियो त्यसपश्चात उनले आफ्नो स्वास्थ्यको ख्याल राख्न छाडिन् । सन् २०२० पछि उनको धेरै रक्तस्राव हुन थाल्यो र लगभग एक वर्षसम्मै पनि उनको रक्तस्राव भइरह्यो तर उनले त्यो दुखयुक्त अवस्थालाई पनि झेलिन् ‘महामारी थियो, सबैतीर डरलाग्दो अवस्था थियो, मैले आफ्नो स्वास्थ्य बिमा पनि गराएको थिइनँ, त्यसैले उपचारको लागि मैले डाक्टरकहाँ जान पनि खोजिनँ र आफ्नो अवस्थालाई बेवास्ता गरेँ ।’ उनले भनिन् ।

बढीरहेको ट्युमर ढुंगाजस्तो साह्रो भइरहेको थियो । उनी ५ मिनेट पनि उभिन सक्थिनन् र उनको बढेको पेटको कारण कार चलाउन पनि नसक्ने अवस्था भएको थियो । उनी भन्छिन् ‘मैले पेटमा १० वटा बच्चा बोकिरहेको छु जस्तो लाग्थ्यो र पेटका कारण म हल्लिन पनि नसक्ने अवस्थामा पुगिसकेकी थिएँ ।’ सन् २०२२ को अक्टोबरमा उनकी आमालाई क्यान्सर लागेको थियो र उनीले पनि त्यसै समय डाक्टरलाई आफ्नो अवस्था देखाइन ।

सुरुमा उनको अवस्था हेरेकी डाक्टर पनि आँत्तिएकी थिईन् किनकी उनले पनि यो भन्दा अघि त्यती ठूलो ट्युमरनिकालेकी थिईनन् तर रोबोटिक सर्जरीको मद्धतले उनको सर्जरी भयो र उनको पेटको ट्यमुर निकालियो । रोबोटिक सर्जरी भएकाले घाउ पनि सानो भयो र उनलाई निको हुन पनि धेरै समय लागेन । ट्युमर निकालेपछि उनको पाठेघर पनि देखियो त्यो ३ गुणा बटारिएको थियो तर डाक्टरले त्यसलाई सफलतापूर्वक सही स्थितीमा राख्न सके जसको कारण अब एलिसनले भविष्यमा बच्चा जन्माउन सक्छिन् । उनको सर्जरी सन् २०२३ को फेब्रुअरीमा गरिएको थियो ।

एलिसनले आफुले आफ्नो शरीरको ट्युमरका कारण गर्न नपाएका कुराहरु अब गर्ने बताउँदै आफुजस्तै तौलका कारण डाक्टरकहाँ जाँच्न जान डराउनेहरुले नआँत्तिई समयमा आफ्नो उपचार गराउन आवश्यक रहेको जनाएकी छन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ