२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयोग्यताक्रमअनुसार चिकित्सा शिक्षा विज्ञानको भर्ना हुनुपर्ने भन्दै विद्यार्थीहरु आन्दोलनमा

योग्यताक्रमअनुसार चिकित्सा शिक्षा विज्ञानको भर्ना हुनुपर्ने भन्दै विद्यार्थीहरु आन्दोलनमा


काठमाडौं-चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा प्रकाशित रिजल्टअनुसार विद्यार्थीले कलेज छान्न पाउनुपर्ने भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले माइतीघरमा विरोध प्रदर्शन गर्दै धर्नासमेत दिएका थिए ।

उनीहरुले सर्वोच्च अदालतको आदेशलाई चिकित्सा शिक्षा आयोगले अटेर गरेको र दक्ष विद्यार्थीलाई वाइपास गरी पछिल्लो योग्यताक्रममा रहेका विद्यार्थीलाई छात्रवृत्ति पाउने नियोजित तरिकाले आयोगले कानुन बनाएको आरोप लगाएका छन् ।

विद्यार्थीहरुले अघिल्लो योग्यताक्रममा रहेका विद्यार्थीले छोडेको सिटमा तत्काल योग्यता क्रम भएको विद्यार्थीले अवसर पाउनुपर्ने माग राखेका छन् ।

‘अहिलेको आयोगले निकालेको पिजीको रोलक्रमअनुसार ३० सम्म नियमित छ, त्यसपछि छात्रवृत्ति पाउनुपर्नेले पाएका छैनन् तर पछाडि नाम निकाल्नेले भने पाएका छन्,’ आन्दोलनरत डा. विप्लव लामिछानेले भने, ‘सर्वोच्चले मेरिट लिस्टमा नै अवसर प्रदान गर्नु भनेको छ । तर, आयोगले बीचमा छोड्नेहरुको ठाउँमा आफू खुसी पछाडि नाम निकाल्नेहरुलाई अवसर दिने खालका सूचना निकालेको छ । यो अब्बल विद्यार्थीका लागि ठूलो अन्याय हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ