गृहपृष्ठ ∕ समाचार ∕ बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक ८ गते, ११:४१ मा प्रकाशित बैतडी– बैतडीको तल्लोसोराडमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली डाक्टरबिहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि गत बर्ष डाक्टर आए पनि गएको फागुन देखि स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले बताए । डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरे सेवा पनि प्रभावकारी हुन सकेको छैन् । चोटपटक लागेर आएका बिरामीहरुको एक्सरे गरेपनि त्यसको रिर्पोट हेर्ने जनशक्ति नहुँदा एक्सरे प्रयोगविहिन भएको हेल्थ असिष्टेन्ट दयालले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्कीको संघमा समायोजन भएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहिन भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने केसहरु पनि पाटन अथवा सदरमुकाम पठाउनु पर्ने बाध्यता रही आएको चन्दले बताए । यस्तै, केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा गएको एक बर्ष देखि स्टाफ नर्सको दरबन्दी पनि खाली रहेको छ । यसले गर्दा पनि समस्या भएको स्वास्थ्य संयोजक चन्दले जानकारी दिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश ट्याग : #sudurpaschim तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’