गृहपृष्ठ ∕ समाचार ∕ बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक ८ गते, ११:४१ मा प्रकाशित बैतडी– बैतडीको तल्लोसोराडमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली डाक्टरबिहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि गत बर्ष डाक्टर आए पनि गएको फागुन देखि स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले बताए । डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरे सेवा पनि प्रभावकारी हुन सकेको छैन् । चोटपटक लागेर आएका बिरामीहरुको एक्सरे गरेपनि त्यसको रिर्पोट हेर्ने जनशक्ति नहुँदा एक्सरे प्रयोगविहिन भएको हेल्थ असिष्टेन्ट दयालले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्कीको संघमा समायोजन भएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहिन भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने केसहरु पनि पाटन अथवा सदरमुकाम पठाउनु पर्ने बाध्यता रही आएको चन्दले बताए । यस्तै, केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा गएको एक बर्ष देखि स्टाफ नर्सको दरबन्दी पनि खाली रहेको छ । यसले गर्दा पनि समस्या भएको स्वास्थ्य संयोजक चन्दले जानकारी दिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश ट्याग : #sudurpaschim तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ… नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले… धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ५ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ६ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ७ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? TFN ट्रेण्डिङ सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर