गृहपृष्ठ ∕ समाचार ∕ बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक ८ गते, ११:४१ मा प्रकाशित बैतडी– बैतडीको तल्लोसोराडमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली डाक्टरबिहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि गत बर्ष डाक्टर आए पनि गएको फागुन देखि स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले बताए । डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरे सेवा पनि प्रभावकारी हुन सकेको छैन् । चोटपटक लागेर आएका बिरामीहरुको एक्सरे गरेपनि त्यसको रिर्पोट हेर्ने जनशक्ति नहुँदा एक्सरे प्रयोगविहिन भएको हेल्थ असिष्टेन्ट दयालले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्कीको संघमा समायोजन भएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहिन भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने केसहरु पनि पाटन अथवा सदरमुकाम पठाउनु पर्ने बाध्यता रही आएको चन्दले बताए । यस्तै, केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा गएको एक बर्ष देखि स्टाफ नर्सको दरबन्दी पनि खाली रहेको छ । यसले गर्दा पनि समस्या भएको स्वास्थ्य संयोजक चन्दले जानकारी दिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश ट्याग : #sudurpaschim तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन