२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशच्छो रोल्पा अस्पतालमा ट्रमा युनिट सञ्चालनमा

च्छो रोल्पा अस्पतालमा ट्रमा युनिट सञ्चालनमा


चरिकोट—भीमेश्वर नगरपालिका—६ चरिकोटमा सञ्चालनमा रहेको च्छो रोल्पा जनरल अस्पताल चरिकोट दोलखाले ‘च्छो–रोल्पा ट्रमा युनिट’ सञ्चालन गरेको छ । शनिबार ट्रमा युनिटको बागमती प्रदेशसभा सदस्य भरतबहादुर केसीले उद्घाटन गरेका हुन् ।

जिल्लामा नै पहिलो पटक सुरु गरिएको ‘च्छो–रोल्पा ट्रमा युनिट’बाट हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शुरेस थापासहितको टोलीले सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल निर्देशक डा. विनोद दंगालले जानकारी दिए ।

‘च्छो–रोल्पा ट्रमा युनिट’बाट हाड जोर्नी सम्वन्धि सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया, हाडमा राखिएको पाता वा तार निकाल्ने सुविधा, जोर्नीमा सुई लगाउने, भाँचिएको ठाउँमा प्लाष्टर लगाउने, तन्तु वा नसाहरु रिपियर गर्ने गाडि दुर्घटना, प्रकृति प्रकोप वा घरेलु हिंसाबाट प्रभावित भइ लागेको चोट पटकको उपचार लगायत सम्पूर्ण समस्याको सहज तरिकाले उपचार गरिने डा. दंगालले बताए ।

अस्पतालले सेवाग्राहीको आवश्यकतालाई मध्यजनर गर्दै विभिन्न रोगको विशेषज्ञ सेवा थप गर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिए ।

च्छो–रोल्पा ट्रमा युनिट उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष श्रेष्ठ, दोलखा प्रहरी प्रमुख दिपक खड्का, नेपाल वार एशोसिएसन दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजनकुमार घिमिरे, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुरेशबहादुर थापालगायतको उपस्थिति थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ