गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन हेल्थ आवाज बुधबार, २०८० असार ६ गते, १७:४७ मा प्रकाशित धुलिखेल—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गरेका छन् । बुधबार उनले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रको चौकोटमा संचालनमा ल्याएको योग तथा प्राकृतिक चिकित्सालयको शुभारम्भ गरेका हुन् । काठमाडौं विश्वविद्यालयले यही वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगिक साइन्स एण्ड विल विइङ) को पढाइ पनि सुरु गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगको औपचारिक पढाइ प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए । हरेक वर्ष उपचार सेवा महंगो हुँदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रशसनीय रहेको उनको भनाइ थियो । ‘योगको विकास गर्न सक्यौ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचारिक पढाइ सुरु गरेकोमा खुशी व्यक्त गर्दै सरकारले पनि यो विधाको विकासका लागि सहयोग गर्नुपर्ने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?