गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन हेल्थ आवाज बुधवार, २०८० असार ६ गते, १७:४७ मा प्रकाशित धुलिखेल—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गरेका छन् । बुधबार उनले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रको चौकोटमा संचालनमा ल्याएको योग तथा प्राकृतिक चिकित्सालयको शुभारम्भ गरेका हुन् । काठमाडौं विश्वविद्यालयले यही वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगिक साइन्स एण्ड विल विइङ) को पढाइ पनि सुरु गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगको औपचारिक पढाइ प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए । हरेक वर्ष उपचार सेवा महंगो हुँदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रशसनीय रहेको उनको भनाइ थियो । ‘योगको विकास गर्न सक्यौ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचारिक पढाइ सुरु गरेकोमा खुशी व्यक्त गर्दै सरकारले पनि यो विधाको विकासका लागि सहयोग गर्नुपर्ने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना कसरी गर्ने छालाको हेरचाह ? सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना कसरी गर्ने छालाको हेरचाह ? सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली