२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगी नियन्त्रण अभियान चलाउँदैं काठमाडौं महागनर

डेंगी नियन्त्रण अभियान चलाउँदैं काठमाडौं महागनर


काठमाडौं—काठमाडौं महानगरपालिकाले डेंगी नियन्त्रण अभियान चलाउने भएको छ । ५ साउनमा महानगरले सबै वडा र सहरी स्वास्थ्य क्लिनिकका इन्चार्जलाई पत्र पठाउँदैं डेंगी विरुद्धको अभियान संचालन गर्न भनेको हो ।

अघिल्लो वर्षजस्तै यस वर्ष पनि डेंगी महामारीमा रुपमा फैलिन सक्ने भन्दैं महानगरले त्यो अवस्था आउन नदिन वडाध्यक्ष, जनप्रतिनिधी, कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाले समन्वयात्मक ढंगबाट काम गर्न निर्देशन दिएको छ ।

यसैगरी, वडा क्षेत्रभित्र पानी जम्न सक्ने स्थानको खोजी गर्ने, पहिचान गर्ने, पानी नदिने कार्य अगाडि बढाउने समेत महानगरले भनेको छ ।

साथै, घरभित्र, ग्यारेज, अण्डरग्राउण्ड पार्किङ, गमला, पानीटंयाकी, प्लास्टिकका बोतलहरु, माटोका भाँडाहरु र पानी जम्न सक्ने स्थानको पानी जम्मा भई लामखुट्टेको लार्भा हुन सक्ने स्थानको खोजी गरी नष्ट गर्ने अभियान संचालन गर्न भनिएको छ ।

यसबाहेक महानगरले प्रत्येक दिन वडाभित्रको टोल—टोलमा सचेतना, लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान संचालनका लागि वडाभित्रका संघ, संस्था, क्लबसँग समन्वय गरी संयुक्त रुपमा परिचालन गर्न पनि भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ