२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबालकको मृत्यु भएपछि मेडिकल सञ्चालकसहित दुई जना पक्राउ

बालकको मृत्यु भएपछि मेडिकल सञ्चालकसहित दुई जना पक्राउ


वीरेन्द्रनगर—कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा एक बालकको मृत्यु भएपछि मेडिकल सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ ३ वर्षीय बालक आनुन दर्जीको मृत्यु भएपछि प्रहरीले मेडिकल सञ्चालकसहित दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय मेडिकल सञ्चालक सोही ठाउँका धीरेन्द्र केसी र एक जना रेडक्रसका कर्मचारी रहेका छन् । मृतक बालकले धीरेन्द्र केसीको मेडिकलबाट औषधी सेवन गरेको देखिएपछि अनुसन्धानका लागि प्रहरीले मेडिकल सञ्चालक केसी र कर्मचारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृतक बालकले मेडिकलबाट म्याद गएको औषधि सेवन गरेको भेटिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको बताए ।

‘हामी अनुसन्धानमा छौँ । अहिले यसै हो भन्न मिल्दैन् । मृतक बालकका मावलीले बालकको मृत्यु औषधी सेवनभन्दा पनि यातनाका कारणले मृत्यु भएको आरोप लगाइरहेका छन् । यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘बाहिर जे कुरा आए पनि आफू कहाँ बालकका बुवाको बारेमा कुनै निवेदन परेको छैन् । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ