२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदीर्घ रोगका बिरामीको औषधी उपचार गर्दै विगु गाउँपालिका

दीर्घ रोगका बिरामीको औषधी उपचार गर्दै विगु गाउँपालिका


चरिकोट—दोलखाको विगु गाउँपालिकाले दीर्घ रोगका बिरामीको औषधी उपचार गर्दै आएको छ । गाउँपालिकाले आफ्ना नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी दीर्घ रोगका बिरामीहरुका लागि निःशुल्क औषधी उपचार गर्दै आएको हो ।

आर्थिक वर्ष वि.सं. २०७९/८० मा पालिकाले दीर्घ रोगका बिरामीहरुका लागि १०७ जनालाई तीन लाख ५२ हजार औषधी उपचार खर्च भएको विगु स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीले जानकारी दिए । उनका अनुसार एक आर्थिक वर्षमा दीर्घ रोगका बिरामीले औषधी उपचार इमर्जेन्सी ६ जनाको उपचारको लागि चौरासी हजार दुई सय १२ रुपैयाँ खर्च भएको जनाकारी दिए । दीर्घ रोगअन्तर्गत यस पालिकामा दम, मुटु रोग, मिर्गौला, चिनी रोग, उच्च रक्तचाप र सिओपीडीका रोगका बिरामी छन् ।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिदैं गर्भवती तथा सुत्केरी महिला, विपन्न नागरिक र दीर्घ रोगका बिरामीहरुको स्वास्थ्य उपचारको लागि विभिन्न सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा मात्र गर्भवती तथा सुत्केरी २२ जना महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।

त्यस्तै, मिर्गौला, क्यान्सर, मेरुदण्डका समस्याका बिरामीलाई पालिकाले २२ जनालाई पाँच हजारको दरले आठ लाख पैसठ्ठी हजार दिएको पालिका अध्यक्ष सन्जीव ओलीले बताए । आगामी आर्थिक वर्षमा साउन महिनाभित्रमा दीर्घ रोगका बिरामीको डाटा संकलन गरी यस कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष ओलीले बताए । दीर्घ रोगका बिरामी र हिडडुल गर्न नसक्ने बिरामीहरुको घरमै पुगेर निःशुल्क उपचार गरिदिने वार्षिक कार्यक्रमनै तय गरिएको पालिकाले जानकारी दिएएको छ ।

दीर्घ रोगका बिरामीको स्वास्थ्य उपचारको साथै विपन्न वर्गको स्वास्थ्य अवस्था चेक जाँच गरी सिफारिस दिदैं आएका छन् । गत आर्थिक वर्षमा स्वास्थ्य शाखाले बुझाएको रिपोर्टको आधारमा पालिकाले २४ जनालाई विपन्न नागरिक सिफारिस गरिएका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ