२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशफोटो स्टोरी : सन्तानलाई खोप लगाउन हिडेका आमाहरू

फोटो स्टोरी : सन्तानलाई खोप लगाउन हिडेका आमाहरू


दोलखा—दोलखाको विगु गाउँपालिका—६ आलम्पूका बालबालिकाहरुलाई नियमित खोप लगाउन आमाहरु स्वास्थ्य चौकी पुग्ने गरेका छन् । आलम्पू स्वास्थ्य चौकी पुग्न घरबाट आधा घण्टाभन्दा बढी लाग्ने गर्छ ।

वर्षायाममा पनि कोक्रोमा बच्चा बोकेर स्वास्थ्य चौकी पुग्छन् । प्रत्येक महिना १० र ११ गते खोप लगाउँछन् । स्वास्थ्य चौकीकाअनुसार महिनामा १२ देखि ३० जनासम्म बालबालिकाहरुलाई खोप लगाइन्छ ।

वडामा ७५ प्रतिशतभन्दा बढी थामी समुदायको बसोबास रहेको छ । अहिले उनीहरु नछुटाई आफ्ना बालबालिकाहरुलाई खोप लगाउन स्वास्थ्य चौकी आउँछन् ।

 


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ