२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने

स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने


काठमाडौं—स्वास्थ्य सेवा विभागमा काजमा रहेका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने भएको छ । विभागका प्रशासन उपसचिव भवनाथ खतिवडाले काजका कर्मचारीलाई नीतिअनुरुप नै भोलिदेखि हाजिर गर्न नदिइने बताए ।

‘सबैलाई काज फिर्ताको पत्र दिइसकिएको छ,’ उपसचिव खतिवडाले भने, ‘भोलिदेखि उहाँहरुले विभागमा हाजिर गर्न पाउनुहुन्न ।’

विभागमा काजमा ३० जना कर्मचारी रहेका छन् । उनीहरुमध्ये ७—८ जनाले मात्रै रमाना लिएको विभाग स्रोतले जनाएको छ ।

यसअघि स्वास्थ्य सेवा विभागले काजमा भएका कर्मचारी दरबन्दी भएको स्थानमा गएर हाजिर नगरे वा काजमा भएकै स्थानमा हाजिरी गरेर तलब भुक्तानी गरिए कार्यलय प्रमुख र लेखा प्रशासन प्रमुखले असुल उपर गर्नुपर्ने पत्र मातहतका निकायहरुलाई पठाइसकेको छ ।

विभागले काज फिर्ता लिएर दरबन्दी भएको स्थानमा नजाने कर्मचारीलाई पनि विभागीय कारवाही अगाडि बढाउने चेतावनी दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ