२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा पूर्ण स्तनपान ५६ प्रतिशत मात्रै

नेपालमा पूर्ण स्तनपान ५६ प्रतिशत मात्रै


काठमाडौं—नेपालमा ५६ प्रतिशत आमाहरुले मात्रै ६ महिनामुनिका बालबालिकाहरुलाई पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ काअनुसार जन्मेको ६ महिनासम्म ४४ प्रतिशत महिलाले पूर्ण स्तनपान नगराउने गरेको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बच्चा जन्मेको ६ महिनासम्म अन्य आहार सेवन नगराएर पूर्ण रुपमा स्तनपान गराउनुपर्ने भन्दैं आएको छ ।

सो अध्ययनले ६ महिनामुनिका १ प्रतिशत बालबालिकाहरुलाई स्तनपान नै नगराएको देखाएको छ । नेपालमा २ वर्षमुनिका सबै बालबालिकाहरुले कुनै न कुनै समयमा स्तनपान गराएको र जन्मेको पहिलो १ घण्टाभित्र ५५ प्रतिशतलाई मात्र स्तनपान गराइएको उल्लेख छ ।

बालबालिकालाई कुपोषण र रोगहरुबाट जोगाउन ६ महिनापछि पूरक आहार खुवाउन सुरु गर्ने र त्यसमा ६—८ महिनाकोबीचमा ८५ प्रतिशत बालबालिकालाई ठोस, अर्धठोस वा नरम खानाहरु खुवाइएको सर्वेक्षणले देखाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ