२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि उपकुलपतिमा डा. बाँस्कोटा

त्रिवि उपकुलपतिमा डा. बाँस्कोटा


काठमाडौं–त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाएलगत्तै डा. बाँस्कोटालाई पनि उपकूलपतिमा नियुक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीले पहिल्यैदेखि नै बास्कोटालाई उपकुलतपति बनाउन चाहे पनि अर्का चर्चित डा. भगवान कोइरालाको नाम पनि सिफारिस भएको कारण समस्यामा परेका थिए ।

मेडिकल काउन्सिलमा ल्याएको सुधारको कारण उनी प्रधानमन्त्रीको रोजाइमा परेका हुन् । डा. बाँस्कोटाको नियुक्तिले लथालिंग हुँदै गएको प्राज्ञिक निकायमा सुधार आउने विश्वास गरिएको छ ।

को हुन् डा. बास्कोटा ?

डा. बाँस्कोटा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का प्राध्यापक तथा शिक्षण अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ प्राडा धर्मकान्त बाँस्कोटा कम बोल्ने र तर्कपूर्ण तरिकाले कुरा राख्ने भद्र व्यक्तिमा पर्छन् । नेकपा निकट मानिएका प्रा.डा. बाँस्कोटालाई त्रिविले २०६९मा आइओएमको डिनमा नियुक्ति गर्दा प्राडा गोविन्द केसीले कनिष्ठलाई डिन बनाएको भन्दै पहिलो अनसन बसेका थिए । केसी अनसन बसेपछि दुई दिनमै डिनबाट राजीनामा दिएका थिए । स्वास्थ्यमन्त्री खगराज अधिकारी भएपछि उनी स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष नियुक्त भएका थिए ।

परिषद् अध्यक्ष रहेकै बेला तत्कालीन मेडिकल काउन्सिलका अध्यक्ष प्राडा जागेश्वर गौतमले राजीनामा दिएपछि उनी त्यहाँको अध्यक्षमा नियुक्ति भएका थिए । दुई महिनाअघि मात्र उनी आफ्नो कार्यका पूरा गरी बाहिरिएका हुन् । काउन्सिलको चार वर्षे कार्याकालमा उनले काउन्सिलको बिग्रिएको छविलाई ट्रयाकमा ल्याएका छन् ।

मेडिकल कलेजहरुको मनोमानी नियन्त्रण, चिकित्सकहरुको आचरण सुधारको प्रक्रिया, विदेश पढ्न जाने मेडिकल विद्यार्थीलाइ अनिवार्य प्रवेश परीक्षा पास गर्नुपर्ने निर्णय, सीपीडको सुरुवात , नक्कली चिकित्सकविरुद्ध मुद्धालगायतका महत्वपूर्ण कार्य उनकै कार्यकालमा भएको हो ।

२०६९ सालमा कनिष्ठ भएको भन्दै डिन बन्न नदिएका प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेर आयोग चलाइदिन डा. बाँस्कोटालाई अनुरोध गरेका थिए । त्यसबेला डा केसीले डिनबाट हटाउन राखेको अडान अहिले आएर गलत महसुस गरेको बताएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ