२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालका ७२ सटर भत्काइने

लुम्बिनी प्रादेशिक अस्पतालका ७२ सटर भत्काइने


बुटवल–प्रदेश ५ कै पुरानो र चर्चित अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काइने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले अस्पतालको उत्तरपूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएसँगै सटर भत्काइने भएको हो ।

‘बैठकले अस्पतालको उत्तरपूर्वतर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको छ,’ मन्त्रीपरिषदका निर्णय सार्बजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले भने, ‘अव प्रकृया पुरा गरी सटर भत्काइने छ ।’

सटर भत्काउन जारीे सूचनाको म्याद कार्तिक मसान्तमा सकिदैछ । कार्तिक मसान्तपछि व्यवसायीलाई एक महिनाको समय दिइने छ । सो समय भित्र पनि सटर खाली नगरे मन्त्रालयले डोजर चलाएर सटर भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता चौधरीले बताए ।

अस्पतालमा ७२ सटर भत्काएर मन्त्रालयले पर्खाल लगाउने योजना बनाएको छ । निजी अस्पताल सञ्चालकको दवावमा सरकारले सटर भत्काउने निर्णय गरेको अस्पताल व्यवसायीको आरोप छ । आम्दानीको मुख्य स्रोतको रुपमा रहेका सटर भत्काएपछि अस्पतालको सेवा प्रभावित हुने र निजि अस्पतालको ब्यवसाय बढ्ने उनिहरुको तर्क छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ