२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुरु

मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुरु


काठमाडौं—काभ्रेको भकुण्डेबेसीस्थित मेथिनकोट अस्पतालमा शल्यक्रिया सुरु भएको छ । सोमबारबाट अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मधुकर दाहालले जानकारी दिए ।

उनकाअनुसार एक जना  बिरामीको हड्डीको शल्यक्रिया गरेर अस्पतालले शल्यक्रिया सेवा प्रारम्भ गरेको हो ।

‘अब अस्पतालमा नियमित रुपमा प्रसुति, जनरल र अर्थोपेडिक सर्जरी सेवा संचालन हुनेछ,’ मेसु डा. दाहालले भने, ‘अस्पतालको क्रमसः सेवा, प्रविधी, उपकरण र जनशक्ति विस्तार गर्दै लगेका छौं ।’

मेथिनकोट अस्पतालमा वि.सं. २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको हो । वि.सं. २०६६ सालमा यो प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भयो ।

वि.सं. २०७८ सालमा प्रादेशिक अस्पतालका रुपमा रहेको अस्पतालमा हाल ५० शैय्यामा संचालनमा छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ