गृहपृष्ठ ∕ समाचार ∕ जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव तत्काल समस्या समाधान गर्न रास्वपाका सभापति लामिछानेको आग्रह हेल्थ आवाज बुधबार, २०८० कात्तिक २२ गते, १२:२१ मा प्रकाशित काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव रहेको भन्दै यसतर्फ सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । बुधवार भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि उक्त क्षेत्रमा गर्नुपर्ने कामबारे सरकारलाई १४ बुँदे सुझाव दिँदै उनले सो बताएका हुन् । पार्टी सभापति लामिछानेले प्रधानमन्त्री समक्ष बुझाएका १४ बुँदे सुझाव मध्ये सातौँ नम्बरमा जिल्ला अस्पतालका समस्या समाधान गर्ने सुझाव दिएका छन् । जिल्ला अस्पताल ५० बेडको भए पनि त्यहाँ सामान्य शल्यक्रिया समेत हुन नसकी रिफर गर्नु पर्ने अवस्था रहेको, उपकरणहरूको अभाव नरहेको, ओटी/आइसियु कोठाहरू खाली रहेको र विशेषज्ञका सबै दरबन्दी खाली रहेको पाइएको भन्दै सरकारले तत्काल यी समस्या समाधान गर्नुपर्ने बताएका हुन् । त्यस्तै जिल्ला अस्पतालमा स्टेबलाइजरको अभाव रहेको भन्दै पार्टीको पहलमा ८ लाख पर्ने उक्त उपकरण अस्पताललाई उपलब्ध गराइएको उनले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा