गृहपृष्ठ ∕ समाचार ∕ जाडोमा आगो ताप्दा वा विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह जाडोमा आगो ताप्दा वा विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह हेल्थ आवाज सोमबार, २०८० मंसीर १८ गते, १५:५८ मा प्रकाशित काठमाडौं– काठमाडौंको आकाश बिहानैदेखि बादलले ढाकिएको छ। बिहानैदेखि उपत्यकामा चिसो महसुससँगै जनजीवन प्रभावित बनेको छ । जाडो बढेसँगै सरकारले आगो ताप्दा, हिटर बाल्दा वा गिजर जस्ता विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । जाडोको समयमा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन् । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन आग्रह गरेको छ । सावधानीका निम्न उपायहरू हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ । कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ । आगो ताप्दा वा हिटर बाल्दा कागज ,कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ । आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौँ । हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ । सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौँ । गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ । गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति