२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जनाको संगठन संरचना, १० वटा अस्पतालको स्तरोन्नती

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जनाको संगठन संरचना, १० वटा अस्पतालको स्तरोन्नती

भक्तपुर र हेटौडा अस्पताल ३०० शैय्यामा, ४ अन्य अस्पताल १०० शैय्यामा स्तरोन्नती


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको १ हजार ६ सय ६९ जनाको संगठन संरचना स्वीकृत भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलकाअनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६ सय ६९ जनाको कर्मचारी संगठन स्वीकृत भएको हो ।

शुक्रबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मुख्यमन्त्री कट्टेलकाअनुसार प्रदेश स्वास्थ्य मन्त्रालयका अस्पतालहरुमा जनशक्तिका लागि उक्त कर्मचारी संगठन संरचना स्वीकृत भएको हो ।

बैठकले प्रदेशअन्तर्गतका १० वटा अस्पतालको स्तरोन्नती गरेको छ । जसमा भक्तपुर अस्पताल र हेटौडा अस्पताललाई ३ सय शैय्यामा स्तरोन्नती गरिएको छ ।

यसैगरी, धादिङ अस्पताल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताल चितवनलाई १ सय शैय्याको अस्पतालमा स्तरोन्नती गरिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए ।

सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, पशुपति चौलागाई अस्पताल र मेथिनकोट अस्पताललाई ५० शैय्याको अस्पतालमा स्तरोन्नती गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ