२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जनाको संगठन संरचना, १० वटा अस्पतालको स्तरोन्नती

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जनाको संगठन संरचना, १० वटा अस्पतालको स्तरोन्नती

भक्तपुर र हेटौडा अस्पताल ३०० शैय्यामा, ४ अन्य अस्पताल १०० शैय्यामा स्तरोन्नती


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको १ हजार ६ सय ६९ जनाको संगठन संरचना स्वीकृत भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलकाअनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६ सय ६९ जनाको कर्मचारी संगठन स्वीकृत भएको हो ।

शुक्रबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मुख्यमन्त्री कट्टेलकाअनुसार प्रदेश स्वास्थ्य मन्त्रालयका अस्पतालहरुमा जनशक्तिका लागि उक्त कर्मचारी संगठन संरचना स्वीकृत भएको हो ।

बैठकले प्रदेशअन्तर्गतका १० वटा अस्पतालको स्तरोन्नती गरेको छ । जसमा भक्तपुर अस्पताल र हेटौडा अस्पताललाई ३ सय शैय्यामा स्तरोन्नती गरिएको छ ।

यसैगरी, धादिङ अस्पताल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताल चितवनलाई १ सय शैय्याको अस्पतालमा स्तरोन्नती गरिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए ।

सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, पशुपति चौलागाई अस्पताल र मेथिनकोट अस्पताललाई ५० शैय्याको अस्पतालमा स्तरोन्नती गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ