गृहपृष्ठ ∕ समाचार ∕ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई कलेजो प्रत्यारोपण हेल्थ आवाज शुक्रबार, २०८० पुस १३ गते, १८:३६ मा प्रकाशित काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रकाअनुसार पुस ८ र ९ मा लगातार दुई वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन् । ‘२०८०/०९/०८ र ९ गते भएको कलेजो प्रत्यारोपण भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीया दिदीले कलेजो दान दिएकी थिइन्,’ केन्द्रले आफ्नो विज्ञप्तीमा भनेको छ । अस्पतालमाअनुसार कलेजो दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको छ । केन्द्रले सुरुमा दक्षिण कोरियाली चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । पछिल्लो समय कलेजो प्रत्यारोपण भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा हुँदै आएको छ । पछिल्लो ५ जनाको प्रत्यारोपण एक जना मात्र भारतीय चिकित्सकको सहयोगमा भएको र केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले यो वर्षमा मात्रै ६ जनाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । यस्तै केन्द्रले एक हप्तामा ३ वटा मिर्गौला प्रत्यारोपण गरेको छ भने स्थापनाको ११ वर्ष अवधिमा ११७२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ७ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ?