गृहपृष्ठ ∕ समाचार ∕ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई कलेजो प्रत्यारोपण हेल्थ आवाज शुक्रबार, २०८० पुस १३ गते, १८:३६ मा प्रकाशित काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रकाअनुसार पुस ८ र ९ मा लगातार दुई वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन् । ‘२०८०/०९/०८ र ९ गते भएको कलेजो प्रत्यारोपण भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीया दिदीले कलेजो दान दिएकी थिइन्,’ केन्द्रले आफ्नो विज्ञप्तीमा भनेको छ । अस्पतालमाअनुसार कलेजो दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको छ । केन्द्रले सुरुमा दक्षिण कोरियाली चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । पछिल्लो समय कलेजो प्रत्यारोपण भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा हुँदै आएको छ । पछिल्लो ५ जनाको प्रत्यारोपण एक जना मात्र भारतीय चिकित्सकको सहयोगमा भएको र केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले यो वर्षमा मात्रै ६ जनाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । यस्तै केन्द्रले एक हप्तामा ३ वटा मिर्गौला प्रत्यारोपण गरेको छ भने स्थापनाको ११ वर्ष अवधिमा ११७२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले