२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतुलसालाई पायक पर्ने ठाउँमा समायोजन मिलाउन स्वास्थ्य सचिवको निर्देशन

तुलसालाई पायक पर्ने ठाउँमा समायोजन मिलाउन स्वास्थ्य सचिवको निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या सचिव खगराज बरालले शारीरिक अपांगता भएकी तुलसा बोहोरालाई पायकको स्थानीय तहमा समायोजन मिलाइदिन गुनासो व्यवस्थापन तथा सहजीकरण समितिलाई निर्देशन दिएका छन् ।

आफू अशक्त भएको सबै प्रमाणसहित पटक—पटक पायक पर्ने स्थानमा समायोजनको लागि गुनासो दर्ता गर्दा पनि सुनुवाई नभएपछि बोहोरा बिहिवार तेस्रोपटक स्वास्थ्य मन्त्रालय आइपुगेकी थिइन् । उनी शारीरिक अपांगता भएर पनि समायोजनमा अपायक स्थानमा पर्दा भोग्नुपरेको दुःखबारे बुधवार हेल्थआवाजले प्रकाशित गरेको थियो ।

यो पनि पढ्नुस

‘समायोजनले जागिरदेखि मात्र हैन, जिन्दगीदेखि नै दिक्क लागिसक्यो’

‘स्थास्थ्य सचिवले समायोजन व्यवस्थापनका सरहरुलाई बोलाएर पायक पर्ने स्थानमा समायोजन मिलाइदिन भन्नुभएको छ,’ उनले भनिन्, ‘समितिका सरहरुले गुनासो दर्ता नम्बर लिएर मिलाएर पठाउछौं भन्नुभएको छ ।’

यसअघि दुई पटक गुनासो दर्ता गराएकी बोहोराको पछिल्लो समायोजन सूचीमा पनि आफूले चाहेको स्थानमा समायोन भएको छैन । ‘यसपटक चाहीं समस्या समाधान हुन्छ होला भन्ने लागेको छ ।’ सचिवले रोजेकै स्थानमा समायोजन गर्ने आश्वासन दिएसँगै उनी बिहीबारै सुर्खेत फर्किएकी छन् ।

समायोजनअघि भेरीगंगा नगरपालिकामा कार्यरत उनले घरपायक वीरेन्द्रनगर नगरपालिकामा समायोजनका लागि माग गरेकी थिइन् । तर, समायोजन हुँदा झनै अपायक लेकबेसी नगरपालिकामा परेकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ