२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीमा एमालेका रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री बन्दैं

बागमतीमा एमालेका रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री बन्दैं


काठमाडौं—बागमती प्रदेशमा नयाँ क्याबिनेटमा एमालेबाट चार जना मन्त्री बन्ने भएका छन् । मंगलबार एमालेबाट स्वास्थ्यमन्त्रीसहित चार जना मन्त्री थपिने भएका हुन् ।

सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेसँगै उनले एमालेबाट स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठलाई नियुक्त गर्ने भएका छन् ।

यस्तै, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रीमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा केशव पोखरेल र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा एकालाल श्रेष्ठ नियुक्त हुनेछन् । उनीहरुको मंगलबार नै सपथ गराउने तयारी छ ।

यसअघि एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला मन्त्री नियुक्त भइसकेका छन् ।

यस्तै, समाजवादीबाट रमा आले विनाविभागीय मन्त्री बनेकी छन् । बागमतीमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बन्ने सहमति छ ।

रामेश्वर यसअघि २०७९ माघमा पनि एमालेबाट बागमतीको स्वास्थ्यमन्त्री बनेका थिए । उनी वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ