२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफोर्ब्सको सूचीमा रहेका हेल्थकेयरका टप १० अर्बपति

फोर्ब्सको सूचीमा रहेका हेल्थकेयरका टप १० अर्बपति


धनाढ्यहरुको सूची सार्वजनिक गर्ने प्रख्यात अमेरिकी पत्रिका फोर्ब्सले सन् २०२४ का संसारका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।फोर्ब्सकाअनुसार यो वर्ष संसारभर अर्बपतिहरुको संख्या २ हजार ७८१ पुगेको छ । गत वर्षभन्दा यो संख्या १४१ जनाले बढी हो ।

यस वर्ष संसारकै सबैभन्दा धनाढ्यमा फ्रान्सका बर्नार्ड अर्नल्टको परिवार छ । उनीहरुको सम्पत्ति २३३ बिलियन डलर रहेको छ । दोस्रोमा एलन मस्क छन् । उनको सम्पत्ति १९५ बिलियन डलर छ । नेपालका एकमात्र डलर अर्बपत्ति विनोद चौधरी फोर्ब्सको सूचीमा छन् । उनको सम्पत्ति १.८ अर्ब डलर छ ।

फोर्ब्सको सूचीमा हेल्थकेयरतर्फका टप १० धनाढ्यहरुमा भारतका दिलीप सांघवी पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा जर्मनीकी सुस्नी क्लाटन, तेस्रोमा थोमस फस्ट जुनियर एण्ड फ्यामिली रहेको छ ।

१. दिलीप सांघवी, फर्मास्युटिकल्स/हेल्थकेयर
सम्पत्ति : २६.७ बिलियन डलर


दिलीप सांघवी एक फर्मास्युटिकल्स वितरकका छोरा थिए । उनले मनोरोग सम्बन्धि औषधि उत्पादनका लागि पिताबाट २०० डलर ऋण लिए । त्यही ऋणबाट उनले सन् १९८३ मा सन फर्मास्युटिकल्स स्थापना गरे ।

भारतको मुल्यवान फर्मा कम्पनीको सूचीमा रहेको सन फर्मास्युटिकल्स ओभरसिज मार्केटबाट वार्षिक ५.३ बिलियन डलर रेभ्नयु जेनेरेट गर्छ । मुम्बईका बासिन्दा ६८ वर्षीय दिलीप कलकत्ता युनिभर्सिटीबाट स्नातक गरेका छन् ।

सन् २०२४ मा फोर्ब्सको अर्बपतिको सूचीमा ६९ स्थानमा रहेका दिलीपको सम्पत्ति २६.७ बिलियन डलर छ ।

२. सुस्नी क्लाटन, बिएमडब्लु, फर्मास्युटिकल्स/अटोमोटिभ
सम्पत्तिः २६.५ बिलियन डलर

जर्मनकी यी अर्बपतिसँग प्रख्यात अटोमोबाइल कम्पनी बिएमडब्लुको १९ प्रतिशत शेयर छ । उनका भाइ स्टेफन क्वाइडटको २४ प्रतिशतका मालिक हुन् । क्लाटनको बिएमडब्लुबाहेक फर्मास्युटिकल्समा पनि लगानी छ ।

अर्थशास्त्रीसमेत रहेकी उनले आफ्ना हजुरबुवाको अल्टाना एजीलाई विश्वस्तरीय विश्वस्तरीय औषधि र रसायनिक संस्थानका रुपमा विकास गरिन् ।

क्लाटन अल्टाना एजीकी एकमात्र मालिक र उपाध्यक्ष हुन्, जसको वार्षिक व्यापार जसको वार्षिक बिक्री २.५ बिलियन डलरभन्दा बढी छ । फोर्ब्सको सन् २०२४ को अर्बपतिको सूचीमा ७१ औं स्थानमा रहेकी उनको सम्पत्ति २६.५ बिलियन डलर रहेको छ ।

३. थोमस फस्ट जुनियर एण्ड फ्यामिली, हस्पिटल/हेल्थकेयर
सम्पत्तिः २६.२ बिलियन

अमेरिकाका थोमस फस्र्ट जुनियर वायु सेनाका पूर्व फ्लाइट सर्जन हुन् । सन् १९६८ मा उनले आफ्ना पितासँग मिलेर अमेरिकामा हस्पिटल कर्प स्थापना गरे । उनको एचसीए हेल्थकेयरले अमेरिका र बेलायतका २० राज्यमा १८२ हस्पिटल र २ हजार ३०० हेरचाह केन्द्र संचालन गर्छ ।

थोमस फस्ट जुनियर आफै एचसीएको कार्यकारी पदमा छैनन् तर उनका छोराहरु थोमस फस्ट थर्ड र विलियम फस्ट बोर्डमा छन् । सन् २०२४ को फोर्ब्सको अर्बपतिको सूचीमा ७३ औं स्थानमा रहेका उनको सम्पत्ति २६.२ बिलियन डलर छ ।

४. साइरस पुनावाला, भ्याक्सिन/हेल्थकेयर
सम्पत्तिः २१.३ बिलियन डलर

घोडा ब्रिडरका छोरा साइरस पुनावालाले सन् १९६६ मा भारतमा सेरम इन्स्टिच्युट स्थापना गरे । जसलाई उनले विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी बनाए । मुम्बई नजिकैको पुनेमा सहरमा मुख्यालय रहेको सेरमले दादुरा, पोलिया, फ्लूलगायतका खोपहरु वार्षिक १.५ बिलियन डोज खोप उत्पादन गर्छ ।

बेलायतमा अध्ययन गरेका छोरा अदार, जो सेरमका प्रमुख कार्यकारी अधिकृत (सिईओ)समेत हुन्, को नेतृत्वमा सेरमले कोभिड—१९ भ्याक्सिन उत्पादनका लागि कारखाना स्थापना गर्न ८०० मिलियन डलर लगानी ग¥यो । सेरम इन्स्टिच्युटले कोभिड—१९ विरुद्धको भ्याक्सिन कोभिशिल्ड पनि उत्पादन ग¥यो ।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको र सेरमले उत्पादन गरेको कोभिशिल्ड खोप भारतमा सबैभन्दा बढी लगाइएको कोभिड भ्याक्सिन हो । सेरमबाहेक अन्यत्र पनि साइरसको लगानी छ । सन् २०२४ मा फोर्ब्सले जारी गरेको अर्बपतिको सूचीमा ९० औं नम्बरमा रहेका उनको सम्पत्ति २१.३ बिलियन डलर रहेको छ ।

५. ली छिटिङ, मेडिकल डिभाइस/हेल्थकेयर
सम्पत्तिः १५.१ बिलियन डलर

सिंगापुरका ली मेडिकल उपकरण आपूर्तिकर्ता सेन्जेन मिन्ड्रे बायोमेडिकल इलेक्ट्रोनिक्सका सह—संस्थापक र अध्यक्ष हुन् ।

सन् १९९१ मा स्थापना भएको मिन्ड्रेको मुख्यालय सेन्जेनमा छ । मिन्ड्रेका सह—संस्थापक एवं निर्देशक छु हान पनि एक अर्बपति हुन् । लीले चीनको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट अन्डरग्राजयुट डिग्री हासिल गरेका छन् । ७३ वर्षीय लीको रियल टाइम नेटवर्थ १५.१ बिलियन डलर रहेको छ ।

उनी फोर्ब्सको सन् २०२४ को बिलिनियरको सूचीमा १२६ औं स्थानमा छन् भने सन् २०२३ का सिंगापुरका ५० धनीहरुमध्ये उनी तेस्रो ठूला धनी हुन् ।

६. अर्नेष्टो बर्टारेली, बायोटेक, इन्भेष्टमेन्ट/हेल्थकेयर
सम्पत्तिः ११.२ बिलियन डलर

सन् १९९८ मा पिताको निधन भएपछि औषधि निर्माता जायन्ट बायोटेक बिरासतमा प्राप्त भएको हो । आफ्नी बहिनी डोनासँग मिलेर सन् २००७ मा मर्कलाई बेच्नुअघि उनीहरुले यसको रेभ्नयु २.४ बिलियनमा विस्तार गरेका थिए । मर्कलाई उनीहरुले पछि १३ बिलियनभन्दा बढीमा बिक्री गरे ।

अर्नेष्टो र डोना बर्टारेली सह—अध्यक्ष रहेको बर्टारेली फाउण्डेसन मरिन कन्जरभेसन र लाइफ साइन्सेज अनुसन्धानमा केन्द्रीत छ । उनीहरुको लण्डनमा रियल स्टेट र औषधि कम्पनीमा पनि लगानी छ । स्वीरजरल्याण्डका ५८ वर्षीय उनको सम्पत्ति ११.२ बिलियन डलर रहेको छ ।

फोर्ब्सको सन् २०२४ को बिलिनियरहरुको सूचीमा १८० औं स्थानमा रहेका उनले हावर्ड युनिभर्सिटीबाट एमबीए गरेका छन् ।

७. जियाङ रेङसेङ एण्ड फ्यामिली, भ्याक्सिन/हेल्थकेयर
सम्पत्ति : १०.९ बिलियन डलर

जियाङ रेङसेङ सेन्जेनमा सूचीकृत भ्याक्सिन फर्म चोङकिङ झिफेई बायोलोजिकल प्रडक्टका अध्यक्ष हुन् । सन् २०१८ मा लामो समयको वितरक साझेदार मर्क, झिफेईले अमेरिकी फर्मा एचपीभी ड्रगको चिनियाँ सेल जित्यो । सन् २०२३ मा जियाङले सांघाईमा आफ्नो एन्टीबडी ड्रग निर्माता कम्पनी चोङकिङ जेनरिक्स बायोफर्मास्युटिकल्स सार्वजनिक गरे ।

चीनका जियाङ आफै व्यवसायी बन्नुअघि उनले प्राथमिक विद्यालयका शिक्षक र सरकारी स्वास्थ्य अधिकारीका रुपमा पनि काम गरेका थिए । ७० वर्षीय जियाङ सन् २०२४ को फोर्ब्सको धनाढ्यको सूचीमा १९५ औं स्थानमा छन् । उनको सम्पत्ति १०.९ बिलियन डलर रहेको छ ।

८. कार्ल कुक, मेडिकल डिभाइस/हेल्थकेयर
सम्पत्तिः १०.६ बिलियन डलर

कार्ल कुकले आफ्ना मातापिताले स्थापना गरेको कुक समूहको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का रुपमा नेतृत्व लिए, जस सन् २०११ म उनका बुवा बिलको निधन भयो । उनको यो कम्पनी चिकित्सा उपकरण निर्माता हो ।

कुकका आमाबुवाले सन् १९६३ मा ब्लुमिंगन, इण्डियाना अपार्टमेन्टमा आफ्नो व्यवसाय सुरु गरेका हुन् । कुक लाइफ साइन्ड डिभिजन जसलाई ‘कुक मायोसाइट’ भनिन्छ, का अध्यक्षसमेत हुन् । जसले युरिनरी इन्कोन्टीनेन्सको उपचारका लागि सेल थेरापी विकास गरिरहेको छ ।

सन् २०२४ मा फोर्ब्सले जारी गरेको धनाढ्यको सूचीमा उनी २०३ औं स्थानमा छन् । एमबीए गरेका ६१ वर्षीय उनको सम्पत्ति १०.६ बिलियन डलर रहेको छ ।

९. एन्ड्रियास स्ट्रूङम्यान एण्ड फ्यामिली, फर्मास्युटिकल्स/हेल्थकेयर
सम्पत्तिः ९.८ बिलियन

एन्ड्रियास स्ट्रूङम्यान र उनका जुम्ल्याहा भाइ थोमस चर्चित कम्पनी बायोएनटेकका संस्थापक हुन् । उनीहरुले कोभिड—१९ को खोप बनाउन फाइजरसँग सहकार्य गरेका थिए । फोर्ब्सले सन् २०२४ मा सार्वजनिक गरेको अर्बपत्तिको सूचीमा २३२ स्थानमा रहेको उनको सम्पत्ति ९.८ बिलियन डलर रहेको छ ।

१०. थोमस स्ट्रूङम्यान एण्ड फ्यामिली, फर्मास्युटिकल्स/हेल्थकेयर
सम्पत्तिः ९.८ बिलियन डलर

थोमस स्ट्रूङम्यान र उनका जुम्ल्याहा भाइ एन्ड्रियास जर्मन फर्मास्युटिकल्स कम्पनी बायोएनटेकका संस्थापकहरु हुन् । जसले फाइजरसँग मिलेर कोभिड—१९ भ्याक्सिन बनाएको थियो ।

सन् २०२४ मा फोर्ब्सले जारी गरेको अर्बपतिको सूचीमा २३२ स्थानमा रहेका उनको सम्पत्ति ९.८ बिलियन डलर रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ