२०८२ जेठ ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपहुँचवालाका स्वास्थ्य संस्थालाई बाँडिने अनुदानमा ‘कैची’

पहुँचवालाका स्वास्थ्य संस्थालाई बाँडिने अनुदानमा ‘कैची’


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचवालाका स्वास्थ्य संस्था तथा अस्पताललाई बाँड्दैं आएको अनुदानमा यस वर्ष कैची लागेको छ । विगतका नेता, नेता नजिकका मान्छे आवद्ध, उच्च तहका कर्मचारी र उनीहरु नजिकका आफन्तहरु आवद्ध रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई करोडौ रुपैयाँ अनुदानस्वरुप बाँड्दिै आइएको थियो ।

यस वर्ष सो अनुदान काटिएको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए । पहुँचका आधारमा प्रत्येक वर्ष अनुदान लैजाने तर सो को हिसाब–किताब पारदर्शी तरिकाले नबुझाउने र प्रत्येक वर्ष बेरुजु बढ्दै गएपछि यस वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव नै गरेको थिएन । स्वास्थ्यले प्रस्ताव नगरेसँगै अर्थका अधिकारीहरु पनि यस वर्ष उक्त अनुदान छुट्याउन हच्किएका छन् ।

आर्थिक वर्ष ०७९/८० मा २४ करोड अनुदान छुट्टयाए पनि निकासा भएन । तर, चालु आर्थिक वर्षमा भने स्वास्थ्य र अर्थका उच्च अधिकारीहरुसँगकोे मिलेमतोमा यस्तो बजेट रातो किताबमा नै उल्लेख भएका थियो ।

चालु आर्थिक वर्षमा सरकारले बजेटमा नै व्यवस्थापन गरी पहुँचवालाका सामुदायिक स्वास्थ्य संस्था र गैरसरकारी संस्थाहरुलाई १९ करोड ७६ लाख रुपैयाँभन्दा बढी बाँडेको छ । यसरी अनुदान लिने कतिपय संस्थाहरु वि.सं. २०६९ सालदेखि निरन्तर अनुदान लिदैं आएका छन् भने कतिपयले कम्तिमा एक पटक पाइसकेका छन् । अझ रमाइलो कुरा त के छ भने अनुदान लगेका अधिकांश त्यस्ता संस्थाले बेरुजु फर्स्यौट नगरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा १७ वटा संस्थालाई २४ करोड ३५ लाख रुपैयाँ अनुदान छुट्याइएको थियो । तर, महालेखा परीक्षकको कार्यालय र संसदको अर्थ समितिले मापदण्ड बिना अनुदान नबाँड्न निर्देशन दिएपछि सो रकम निकासा हुन रोकिएको थियो ।

चाल्ु आर्थिक वर्षमा भने १९ करोड ७३ लाख रुपैयाँ रातो किताबमा नै संस्थाको नाम उल्लेख गरेर अनुदान वितरण गरिएको छ । पहुँचका भरमा बाँडिने यस्ता अनुदान लक्षित समुदायमा नपुग्ने र राज्यकोषको दोहन हुने हुँदा यसलाई रोक्नुपर्ने भन्दै हेल्थआवाजले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ ।

चालु आर्थिक वर्षका कुन संस्थालाई कति ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ