२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग

स्वास्थ्य मन्त्री तामाङद्वारा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने आश्वासन


काठमाडौं—‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन कार्यविधीमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीबीच रहेका असमानता अटाउन स्वास्थ्यकर्मीहरुले माग गरेका छन् । शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाउँदैं स्वास्थ्यकर्मीहरुले कार्यविधीमा रहेको असमानता हटाउन माग गरेका हुन् ।

स्वास्थ्यकर्मीहरुले एउटै संयन्त्रमा बाँधिएका चिकित्सक र अन्य स्वास्थ्यकर्मीका लागि असमान भत्ताको विभेदकारी व्यवस्था गरिएको, चिकित्सकलाई मात्र उत्साहित गरेर अन्य सम्पूर्ण स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्न खोजेको भन्दैं यस्तो विभेदकारी व्यवस्था हटाउन माग गरेका छन् । उनीहरुले संख्याका हिसाबले पनि ठूलो हिस्सा ओगटेको नर्स र स्वास्थ्यकर्मीलाई वेवास्ता गरेर सिमित चिकित्सको सल्लाहमा छापामार शैलीमा ल्याइएको कार्यविधीले प्रणालीलाई ध्वस्त गराउने भन्दैं मन्त्री तामाङको ध्यानाकर्षण समेत गराएका छन् ।

स्वास्थ्यकर्मीहरुले कार्यविधीको ४ (२) क अनुसार कार्यसम्पादनका आधारमा समान भत्ताको व्यवस्था नभएकोले त्यसमा अन्य स्वास्थ्यकर्मीलाई पनि समेटिनुपर्ने माग गरेका छन् । यस्तै, कार्यविधीको ४ (२) ख मा रहेको सेवा विस्तार कार्यक्रमबाट प्राप्त रकमको २० प्रतिशत कटाएर बाँकी ८० प्रतिशतमा पुनः चिकित्सक र नर्सलगायतले बाँडफाँड गर्नुपर्ने व्यवस्था विवादास्पद भएको र कसले कति प्रतिशत पाउने भनेर स्पष्ट नभएकोले उक्त कुरा पनि प्रष्ट पार्नुपर्ने माग गरेका छन् ।

यसैगरी, उनीहरुले अस्पतालको मिनिमन सर्विस स्ट्यान्डर्ड (एमएसएस) सुधारमा चिकित्सक मात्र नभएर नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरुको उत्तिकै भूमिका भएकाले ४ (२) क मा चिकित्सकलाई मात्र नभएर नर्स र अन्य स्वास्थ्यकर्मीलाई समान भत्ताको व्यवस्था गर्न र ४ (२) ख मा उपलब्ध भत्ता बराबरी विभाजन गरेर प्रदान गरिने भनेर प्रष्ट गर्न पनि माग गरेका छन् ।

मागपत्र बुझ्दैं स्वास्थ्यमन्त्री तामाङले आफू स्वास्थ्यकर्मीको मागमा सकारात्मक रहेको बताएका थिए । मन्त्री तामाङले समान भत्ताको व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने आश्वासन समेत स्वास्थ्यकर्मीहरुलाई दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ