२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ?

कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ?


काठमाडौं—युरिक एसिड आफैमा वाथ होइन्, युरिक एसिड बढेर जोर्नीहरुमा जम्मा भएर त्यसले गराउने सुजन अर्थात गाउटी आर्थराइटीस हो । सामान्यतयाः मानिसहरुमा वाथ भन्ने बितिकै युरिक एसिडको समस्या भन्ने छ । तर, त्यस्तो होइन् ।

सबै वाथमा मानिसहरुले युरिक एसिडमा जे जे कुराहरु बार्नुपर्छ त्यही कुरा बार्ने गरेको हामीले धेरै भेटेका छौं । तर, त्यसरी बार्नुपर्ने अरु वाथहरुमा हुँदैन् ।

यदि तपाईंको युरिक एसिड बढेको छ । बढेको छ भन्ने बितिकै बाहिर ६.८ सामान्य हो भने ७ पुग्दाखेरि पनि ८—१० वर्षदेखि युरिक एसिडको औषधी खाइरहेको पनि हामीले भेटेका छौं तर, त्यो आवश्यक होइन् ।

युरिक एसिडको दुखाइको आफ्नै प्रकार छ । यदि त्यो दुखाइ युरिक एसिडको दुखाइसँग मिल्दैन भने युरिक एसिड १० पुग्दा पनि औषधी खानुपर्ने हुँदैन् ।

युरिक एसिडको औषधी कस्तो कन्डिसनमा खाने  ?

  • एरिक एसिडको टिपिकल एट्याक वर्षमा दुई पटकभन्दा बढी भएमा ।
  • रिक एसिडका पत्थरी किड्नीमा परेको छ भनेमा ।
  • हिलेदेखि बिरामीलाई मुटुको क्रोरनरी आर्ट सम्बन्धी रोग छ र उपचारमा संलग्न वाथ रोग विशेषज्ञलाई युरिक एसिडको एन्फ्लामेसन योगदान पनि गरेको हुन सक्छ लाग्छ भने ।
  • युरिक एसिडले जोर्नी खाने आर्किटेक्चर हुन्छ त्यो एक्सरेमा देखिएमा ।

यी कारणबाहेर आत्तिएर युरिक एसिडको ६—७ हुँदैमा औषधी सुरु गर्नुपर्ने हुँदैन् ।

थप भिडियोमा हेर्नुहोस्




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ