गृहपृष्ठ ∕ समाचार ∕ १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर डा. विमलकुमार थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शुक्रबार, २०८१ असोज ११ गते, १३:०५ मा प्रकाशित नेपाली महिलामा पाठेघरको रोग ठूलो समस्या बन्ने गरेको छ । पाठेघरको मुखमा हुने क्यान्सर एउटा गम्भीर समस्या हो । तर, पाठेघरको मुखमा हुने क्यान्सर पाठेघरभित्रको क्यान्सरभन्दा केही मानेमा फरक छ । पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लाग्छ र उपचार गर्न सकिन्छ । नियमित चेकजाँच गर्यो भने यो क्यान्सर पूर्ण रूपमा निर्मूल पार्न सकिन्छ । तर, क्यान्सर फैलिएर अप्रेसन नै गर्न नसकिने, सेकेर पनि नहुने, औषधिले पनि नछुने अवस्था भएपछि मात्रै महिलाहरू अस्पताल धाउनाले समस्या जटिल बन्ने गरेको छ । पाठेघरको मुखको पानी जँचाएर क्यान्सर छ कि छैन पत्ता लगाउन सकिन्छ । वेला–वेला पाठेघर चेक गराउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो चलन नेपाली महिलाहरूमा कमै छ । रोगले गालेपछि मात्रै अस्पताल आउने गर्छन् । पाठेघरको मुखको क्यान्सर हुँदै छ भन्ने पहिल्यै थाहा पाउन पनि सकिन्छ । क्यान्सर हुँदै छ भन्ने कुरा १० वर्षअघि नै थाहा पाउन सकिन्छ । वेलैमा जाँच गराउँदा सामान्य रूपमै पाठेघरको मुखको क्यान्सर ठीक पार्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर जाँच गर्ने सजिलो तरिका नेपालमै छ । भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड)बाट पाठेघरको मुखको जाँच गर्न सकिन्छ । यो विधिबाट चेकजाँच गर्नका लागि विशेषज्ञ डाक्टरकै आवश्यकता पनि पर्दैन । सिएमए, अनमी, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स सबैले जाँच गर्न सक्छन् । तर, एउटा निश्चित तालिम भने लिएको हुनुपर्छ । कुनै अप्रेसनविना केवल ५–७ मिनेटको जाँचमै पत्ता लाग्छ । शंका लागेमा गाइनोलोजिस्टले थप परीक्षण गरेर रोग निक्र्योल गर्छन् । विकसित देशमा युवा अवस्थामै पाठेघर परीक्षण गर्ने चलन छ । इंग्ल्यान्डमा २१ वर्ष पुग्नुभन्दा ६ महिनाअघि नै जाँच गर्ने व्यवस्था छ । आयरल्यान्डमा १८ वर्ष उमेरदखि नै जाँच गर्छन् । पाठेघरको मुखको क्यान्सर फैलिएर उपचार नै गर्न नसकिने अवस्था नहोस् भनेर पहिले नै सचेत छन्, विकसित राज्य । सामान्य सचेत हुँदा सजिलै निको पार्न सकिने र बेवास्ता गर्दा महिलाको ज्यानै जाने खतरनाक रोग हो, पाठेघरको क्यान्सर । ३५ वर्षमाथि उमेरका महिलाले नियमति रूपमा आफ्नो स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । ग्रामीण महिलालाई यो कुरा थाहा छैन । चेतनाको अभाव छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रजातान्त्रिक समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’