२०८२ वैशाख १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली चिकित्सक चेलीलाई अमेरिकाको प्रतिष्ठित अवार्ड

नेपाली चिकित्सक चेलीलाई अमेरिकाको प्रतिष्ठित अवार्ड


काठमाडौं—संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक रिया बोहराले प्रतिष्ठित एसीपी ओस्लर कप—२०२५ जितेकी छन् । सन् २०२५ को अमेरिकन कलेज अफ फिजिसियन (एसीपी) डक्टर्स डिलेमा प्रतियोगिता विजेता तीन सदस्सीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदैं उनले ओस्लर कप अवार्ड—२०२५ जितेकी हुन् ।

न्यू अर्लेन्स लुजियानामा आयोजित उक्त प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालगायतका देशहरुबाट आएका ६० जना उत्कृष्ट इन्टरनल मेडिसिन रेसिडेन्टहरुको टिमले भाग लिएका थिए । तीन दिनसम्म चलेको कार्यक्रममा प्रतिस्पर्धीहरुले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीहरुमा सहभागिता जनाएका थिए ।

डा. बोहरालले अमेरिकन कलेज अफ मासाच्युसेट च्याप्टर र सेन्ट भिन्सेट हस्पिटलबाट प्रतिनिधित्व गरेकी थिइन् ।

उनले आफू सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रिय रुपमा मान्यता दिलाएको र विश्वभरका प्रमुख क्लिनिकल शिक्षण संस्थाहरुमध्ये एकको रुपमा चिनाएको बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ