२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ४ जनाको नाम सिफारिस

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ४ जनाको नाम सिफारिस


काठमाडौं-चिकित्सा शिक्षा सुधारका लागि महत्वपूर्ण मानिएको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको चार निर्देशकका लागि नाम सिफारिस भएका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वमा बनेको निर्देशक सिफारिस समितिले २६ जना आवेदकबाट ४ जनाको नाम निर्देशकका लागि सिफारिस गरेको हो ।

स्रोतकाअनुसार समितिले निर्देशकका लागि डा. दिलिप शर्मा, डा. रमेश आचार्य , डा. आरती शाह र डा. संगरत्न बज्राचार्यको नाम सिफारिस गरेको हो । बरिष्ठ कलेजो रोग विशेषज्ञ डा. शर्मा मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार हुन् । यस्तै, डा.  आचार्य शिक्षणमा कार्यरत छन् भने डा. शाह वीर अस्पतालका अंकोलोजिष्ट हुन् ।

यस्तै निर्देशकका लागि सिफारिस भएका डा. संगरत्न बज्राचार्य शिक्षण अस्पतालमा फर्माकोलोजिस्ट रुपमा कार्यरत छन् ।

झा नेतृत्वको सिफारिस समितिमा डा. अरुण सायमी र महाश्रम शर्मा सदस्य रहेका छन् । आयोगमा चार जना निर्देशक रहने कानुनी ब्यवस्था छ । सोहीअनुसार समितिले चार जनाको नाम सिफारिस गरेको हो ।

निर्देशक आयोगका उपाध्यक्षले नियुक्त गर्न सक्ने प्रावधान भएपछि समितिले सिफारिस गरेका नाम उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी प्रधानमन्त्री केपी शर्मा ओलीसंगको परामर्शपछि मात्रै टुंगो लगाउने योजनामा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ