२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसमायोजनपछि कर्मचारी अभाव हुँदा बर्थिङ सेन्टर बन्द

समायोजनपछि कर्मचारी अभाव हुँदा बर्थिङ सेन्टर बन्द


बुटवल—कर्मचारी अभावका कारणले बर्थिङ सेन्टर बन्द हुँदा स्थानीय गर्वभती तथा सुत्केरी महिलाहरु मर्कामा परेका छन् । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका—७ हरनामपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र विगत एक महिनादेखि बन्द हुँदा स्थानीय मर्कामा परेका हुन् ।

हाल बन्द अवस्थामा रहेको हरनामपुरस्थित बर्थिङ सेन्टर गाउँपालिकाले कर्मचारीका विषयमा लापरबाही गर्दा बन्द भएको स्थानीयको आरोप छ । यद्यपी गाउँपालिकामा कर्मचारी नभएकोले बन्द भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख महेन्द्रप्रसाद यादवले बताउँछन् । विगत लामो सयमदेखि चल्दै आएको बर्थिङ सेन्टर कार्मचारी समायोजनपछि कर्मचारी अभावमा बन्द भएको उनको दावी छ । संयोजन भएर कार्मचारी आए पछि मात्रै बार्थिङ सेन्टर सुचारु हुने उनको भनाइ छ ।

स्वास्थ्य जनचेतनाको हिसावले पछाडि रहेको आरोप खेपिरहेको कपिलवस्तु जिल्लाको स्वास्थ्य क्षेत्रमा कर्मचारी अभाव देखिएको हो । अस्पतालमा सुत्केरी गराउनुपर्छ भन्ने अभियान संचालन हुनुपर्ने अवस्थामा बर्थिङ सेन्टर नै बन्द हुनु दुखद् पक्ष भएको स्थानीयको गुनासो छ । ‘अस्पतालमा सुत्केरी गराउने बानीको विकास गर्न सरकारले केही गर्ला भनेको त स्वास्थ संस्था बन्द गर्दछन् । खै बुझ्नै सकिदैन्,’ स्थानीय रविशंकर यादवले भने ।

हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारको कार्मचारी नभएको स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख सरिता गुप्ताले बताइन् । ११ जनाको दरबन्दी रहेको सेन्टरमा ३ जना मात्रै कर्मचारी भएकाले काम गर्न असहज भएको छ । उनले भनिन्, ‘कर्मचारी नभएपछि सेवा बन्द भएको जानकारी गाउँपालिकामा गराएका छौं । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा प्रशासन शाखामा समेत पत्र रहेको छ । तर, पनि कुनै सुनवाई भएको छैन ।’

उनकाअनुसार अहिले प्राथमिक स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर र गाउँघर क्लिनिक, खोप समेत बन्द रहेको छ । ‘गाउँघर क्लिनिक तथा खोप क्लिनिक हामी यहाँ आउनेलाई दिइरहेका छौं । तर गाउँ–गाउँमा गएर सेवा दिन सकेका छैनौं । गाउँपालिकासँगभन्दा सुनवाई नै हँदैन । कसरी काम गर्ने ?,’ उनले भनिन् ।

यता गाउँपालिकामा कर्मचारी पठाइदिनको लागि पटक–पटक भन्दा कुनै सुनवाई नभएको वडा नं. ७ का वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्रका अध्यक्ष जनार्दनप्रसाद कुर्मीले गुनासो गरेका छन् । उनले भने, ‘त्यति समस्या मात्रै हैन गाउँपालिकाले समयमा औषधि नपठाउँदा झन समस्या परिरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ