२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगन्जस्थित नेशनल मेडिकल कलेजमा झडप

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा झडप


वीरगन्ज-नेशनल मेडिकल कलेज वीरगन्जमा सिनियर विद्यार्थीहरु र जुनियर विद्यार्थीहरुबीच झडप भएको छ । शुक्रबार साँझ प्रशासनको कोटामा पढिरहेका सिनियर विद्यार्थीहरुले जुनियर विद्यार्थीलाई हातपात गरेपछि झडपको अवस्था सिर्जना भएको आरोप जुनियर विद्यार्थीहरुले लगाएका छन् ।

एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरु कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै गरिरहेको आन्दोलनमा यसअघि पनि सिनियर विद्यार्थीहरुले असहयोग गर्दै आएका छन् । ‘उनीहरुले कलेज ब्यवस्थापनसँग मिलेर हाम्रो न्यायोचित आन्दोलनलाई असहयोग गरिरहेका थिए, आज त कलेजका सिनियर दाइहरु कुटपिटमा नै उत्रिएपछि झडप हुन पुग्यो,’ एमबीबीएस पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भने । उनकाअनुसार प्रशासन कोटामा अध्ययनरत सिनियर विद्यार्थीहरुले जुनियर छात्राहरुमाथि समेत हातपात गरेका छन् ।

अर्का एक विद्यार्थीकाअनुसार अहिले हातपात गर्नेहरु विरुद्ध उजुरी दिनका लागि जुनियर विद्यार्थीहरु प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय जाने तयारी गरिरहेका छन् ।

यसअघि शुक्रबार एमबीबीएस पहिलो वर्षका एक सय विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक लगाइएको छ । बढी लिएको शुल्क फिर्ताको माग राखेर रिले अनसनमा बसेका विद्यार्थीलाई सिनियर विद्यार्थीले होस्टेल प्रवेशमा रोक लगाएका थिए । कलेजको मुख्य गेटबाट भित्र छिर्न नदिएपछि चिसो रातमा विद्यार्थीको बास होस्टल बाहिर भएको छ ।

विद्यार्थीहरुले बढी लिएको रकम फिर्ता वा समायोजन नहुँदासम्म नियमित आन्दोलन गर्ने बताए । उनीहरुले समस्या समाधान नहुँदासम्म परिक्षा समेत बहिस्कार गर्ने बताएका छन् । आगामी मंसिर १९ गतेबाट मेडिकल शिक्षाका विभिन्न विद्यामा परिक्षा हुँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ