२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभीम अस्पतालमा आकस्मिक सेवाको आधुनिक भवन बन्ने

भीम अस्पतालमा आकस्मिक सेवाको आधुनिक भवन बन्ने


बुटवल—रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालको आकस्मिक सेवाका लागि आधुनिक भवन बन्ने भएको छ । जिल्लाको महत्वपूर्ण मानिएको सरकारी अस्पताल भीम अस्पतालमा आकस्मिक सेवामा पूर्वाधार अभावमा बिरामीहरुले सास्ती बेहोर्न वाध्य थिए ।

इमरजेन्सीमा बिरामीको उपचार गर्न कठिनाई भैरहेका बेला आधुनिक भवन बन्ने भएपछि स्थानीय भने खुसी भएका छन् । अत्याधुनिक आकस्मिक भवन (इमरजेन्सी ब्लक) निर्माणका लागि शिलान्याश समेत गरिएको छ ।

भवन निमार्णका लागि लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले आर्थिक सहयोग गर्ने भएको हो । यस अघि २४ घण्टे फार्मेसी सेवा सुरु भएको अस्पतालमा अत्याधुनिक आकस्मिक भवन थिएन । जसका कारण उपचारमा समस्या हुँदै आएको थियो । अस्पतालको ‘इमरजेन्सी ब्लक’ निर्माणका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ भने उपकरणका लागि ७० देखि ९० लाख लाग्नेछ ।

प्रतिष्ठानले निम्न आयस्तर भएका नागरिकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले भवन निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष शोभाखर न्यौपानेले बताए । ‘सामाजिक सेवा अन्तर्गत अस्पताल निर्माण गर्न लागेका हौं,’ उनले भने, ‘पूँजी अभावमा नेपाली उपचारबाट बन्चित हुनुहुँदैन् ।’

एक वर्षसम्ममा भवन निर्माण गरेर अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम गरिने प्रतिष्ठानका महासचिव विष्णुप्रसाद न्यौपानेले बताए । उनकाअनुसार इमरजेन्सी ब्लकमा सम्पूर्ण उपकरणहरु अत्याधुनिक रहनेछन् । २ बेडसहितको आइसियु रहनेछ । जसमध्ये एउटै बेडको उपकरणसहित झण्डै १५ देखि २० लाखसम्म खर्च लाग्नेछ ।

हाल २ तले भवन बन्ने र पछि ५ तलेसम्म बनाउन सकिने उनले बताए । आकस्मिक भवनको लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपानेले शिलान्यास गरेर काम सुरु भैसकेको छ ।

अस्पतालहरुको स्तरवृद्धिका लागि समाजिक संघ संस्थाहरुले पनि योगदान दिइरहेको प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल बताउँछन् । सरकारी अस्पतालमा उपचार सम्भव छ भन्ने विरामीको मनोबल बढाउन जरुरी रहेकोमा उनी जोड दिन्छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ