२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश१५ दिनदेखि कण्डम अभाव, एक हप्तादेखि सिटामोल पनि छैन

१५ दिनदेखि कण्डम अभाव, एक हप्तादेखि सिटामोल पनि छैन


बुटवल –‘चाहिए जति लानुहोस्’ लेखिएको बक्स स्वास्थ्य संस्थामा छिर्नासाथ देखिन्छ । युवा पुस्तादेखि वयस्क सबैले आफूलाई आवश्यक मात्रामा कण्डम लाने पनि गरेका हुन्छन् । तर, कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य संस्थामा भने बक्स छ तर कण्डम छैनन् ।

विगत १५ दिन यता नगरको वडा नं. ११ मा रहेको थुनुवा स्वास्थ्य चौकीमा कण्डम अभाव देखिएको छ । सरकारले नि:शुल्क रुपमा उपलब्ध गराउने कण्डम स्वास्थ्य चौकीमा नहुनु संस्थाको लापरवाही भएको स्थानीयको बुझाई छ ।

‘१५ दिनदेखि कण्डम छैन, नगरपालिकासँग माग गरेका छौँ । अझै सम्म पनि उपलब्ध भएको छैन,’–स्वास्थ्य चौकी प्रमुख राजेश कुँवरले भने, ‘सेवा ग्राही कण्डम लिन दिनहुँ आउने भए पनि छैन भनि फर्काउनु परेको छ । स्वास्थ्य संस्थामा कण्डम समेत छैन भन्नु पर्दा लाज मर्दो भएको छ ।’

वडाको स्वास्थ्य चौकीमा कन्डमको मात्र समस्या छैन् । समान्य औषधी समेत स्वास्थ्यसंस्थामा नभएको सेवाग्रहीहरु गुनासो गर्दछन् । ‘अरु कुरा त के गरौँ र त्यहाँ गएर सिटामोल पाउँदैन्’, स्थानीय हरिलाल यादव भन्छन्, ‘सामान्य टाउको दुखाइको औषधी लिन जादाँ समेत पाइदैन् ।’

एक हप्तादेखि अस्पतालमा सिटामोल समेत छैन् । जसका कारण बिरामीहरु प्रत्यक्ष प्रभावित भएका छन् । ‘स्वास्थ्य चौकीमा सिटामोल सकिएको पनि एक हप्ता भयो, स्वास्थ्य चौकी प्रमुख कुवँरले भने, ‘अब औषधी नै छैन विरामीलाई कहाबाट उपलव्ध गराउने । हामीले स्वास्थ्य शाखामा औषधी माग गरेको पनि धेरै भयो औषधी आउँदैन् ।’

नगरपालिकाले भने सवै क्षेत्रमा त्यस्तो समस्या नरहेको बताउँदै आएको छ । ‘सबै स्वास्थ्य चौकीहरुमा कण्डम अभाव होइन् झन औषधी त केहिमा मात्रै नभएको होला, स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टाईले भने, ‘त्यसको तुरुन्त समाधान हुन्छ ।’

नगरपालिकाले कण्डम खरिद नगर्ने र केन्द्रबाट नै खरिद भइ जिल्लामा आउने गर्दछ । स्वास्थ्य चौकीको मागअनुसार जिल्ला जनस्वास्थ्यबाट ल्याउनु पर्ने भएकोले प्रकृया सुरु भइसकेको उनले बताए । आफू भर्खरै स्वस्थ्य शाखामा आएकोले के कति स्टोकमा औषधीहरु कुन कुन छ भन्ने बारे पनि डाटा तयार नहुँदा समस्या भएको उनले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ