२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआँखामा लापरवाही नगर्न चिकित्सकको सुझाव

आँखामा लापरवाही नगर्न चिकित्सकको सुझाव


बुटवल—आँखाको संवेदनशीलतालाई बुझी हेलचेक्र्याइ गर्न नहुनेमा डाक्टरहरुले सुझाएका छन् । उनीहरुले आँखाजस्तो संवेदनशील अंगमा सबै सचेत हुनुपर्नेमा समेत जोड दिए ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, रण अम्बिका आँखा अस्पताल र नेपाल नेत्रज्याति संघ रुपन्देहीको ३८ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले जीवनको महत्वपूर्ण अंग आँखामा हेलचेक्र्याइ गर्न नहुने बताए ।

कार्यक्रममालाई शुक्रबार सम्बोधन गर्दै प्रदेश ५ का उद्योग वन तथा वातावरण र पर्यटनमन्त्री लीला गिरीले आँखा अस्पतालको विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए । उनले रण अम्बिका शाह आँखा अस्पताल यस क्षेत्रको नमूनाका रुपमा रहेको भन्दै यसको गरिमालाई अझ उचो बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष सागरप्रताप राणाले अस्पतालको विकासमा सबै क्षेत्रको सहयोग रहेको बताए । उनले समाजमा हिजो आँखा उपचार गर्न नपाएर भारत, काठमाडौं दगुर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै खोलिएको यस अस्पतालले नेपालको मात्र नभएर म्यानमार, भुटान र स्टटीमुरसम्म पुगेर आफ्नो सेवा प्रदान गरेको बताए ।

कार्यक्रमा प्रदेशसभा सदस्य सन्तोष पाण्डे, प्रदेशसभा सदस्य तुलसी चौधरी, अष्टभुजा पाठक, सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा काफ्ले, अस्पतालका निमित्त चिफ डाइरेक्टर सह—प्राध्यापक डा. ज्ञानेद्र लामिछाने लगाएतले बोल्दै समाज रुपान्तरणका लागि सानो प्रयास ठूलो भएर आउने बताएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ