२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा देखिदैंछ सुधारको संकेत

लुम्बिनी प्रादेशिक अस्पतालमा देखिदैंछ सुधारको संकेत


बुटवल—प्रदेश ५ कै ठूलो र पूरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल सुधारको संकेत देखिन थालेको छ । नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र खनाल नियुक्त भएपछिको पहिलो कामका रुपमा समयलाई लिइएको छ ।

डाक्टरहरु विहान १० बजे देखि ३ बजेसम्म अनिवार्य रुपमा आफ्नो विभागमा बस्नुपर्ने गरी नियमलाई पुनताजगी गरिएको छ ।

योसँगै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत डाक्टरहरुलाई निगरानी सुरु गरेको छ । कार्यालय समयभित्र पनि डाक्टरहरु मेडिकलहरुमा देखिएको र अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो आइरहेका बेला अस्पतालले कडाइ गर्न सुरु गरेको छ । अस्पताल प्रशासनले बिहान साढे नौ बजे अस्पतालमा उपस्थित हुने र दिनभर हुने कामलगायतका विषयमा छलफल गर्ने गरी नियम बनाएको छ ।

अस्पतालमा कार्यरत डाक्टरहरुलाई अनिवार्य पोशाक लगाएर सेवामा आउन पनि परिपत्र गरेको छ । ‘यी स–साना कामबाट हामीले सुरुवात गरेका छौं । नियम कुनै नयाँ होइन्,’ अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन्ड डा.खनालले भने, ‘तर पनि सुधारको सुरुवात सानैबाट र आफैबाट सुरु गर्ने गरी अघि बढिरहेका छौं ।’

अस्पतालजस्तो जिम्मेवार सेवा प्रदायक निकायमा कार्यरत स्वास्थ्यकर्मीहरु नै जिम्मेवार नभएको सेवाग्राहीहरुले आरोप लगाउँदै आएका छन् । त्यतिमात्र होइन अस्पतालमा कार्यरत कतिपय कर्मचारी काम गर्ने समयमा नै मोबाइलमा व्यस्त देखिन्छन् । यस्ता आचरणजन्य कुराको सुधार जरुरी रहेको मेसु डा. खनाल बताउँछन् । इमर्जेन्सी सेवा र ल्याब सेवामा बिरामीहरुको गुनासो बढी आएको भन्दै त्यसको सुधारमा लाग्ने उनको भनाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ