२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशचिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त अस्पतालमै धर्नामा

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त अस्पतालमै धर्नामा


बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले अस्पताल परिसर मै धर्ना दिएका छन् । चिकित्सकहरुले लापरवाही गर्दा बिरामीको मृत्यु भएको आफन्तहरुको आरोप छ । घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकलाई कारवाहीको माग आफन्तहरुले राखेका छन् ।

मंसिर १८ गते ज्वरो आएर लुम्बिनीमा भर्ना हुन आएकी रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ वर्षीया माया थापाको शनिबार राति मृत्यु भएको थियो । मृत्युमा चिकित्सकहरुकै कमजोरी रहेको भन्दै आफन्तहरुले अस्पतालमा धर्ना दिएका हुन् । बिरामीको रोग पत्ता नलगाई चिकित्सकले जथाभावी औषधी चलाएकाले छोरीको मृत्यु भएको आमा सीता थापाको दाबी छ ।

१८ गते इमर्जेन्सीमा भर्ना भएकी मायालाई १९ गते अस्पतालको वेडमा सारिएको थियो । समस्या देखिएपछि उनलाई पुनः २० गते आकस्मिक रुपमा आइसीयुमा राखेको मृतक थापाकी आमा सीता बताइन् । ‘बिरामीलाई के भएको हो भन्दा समेत बताएनन् । अन्तै लान पनि दिएनन्, यसरी अस्पतालले जथाभावी गर्न मिल्छ ?,’ उनले भनिन् ।

बिरामी थापालाई ७ दिनदेखि ज्वरो आउनुका साथै शरीरमा प्लेटलेसको मात्र कमी भएका कारण फोक्सोमा ‘एआरडिएस’ भएकोले बिरामीको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिडेन्ट राजेन्द्र खनालले बताए ।

थापाको शव आफन्तहरुले बुझ्न मानेका छैनन् । मृतकका आफन्तहरु र अस्पताल प्रशासनबीच आइतबार दिनभर वार्ता भए पनि कुरा मिल्न सकेको छैन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ