२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैज्ञानिकले पत्ता लगाए—मस्तिष्कमा ज्ञान अपलोड गर्ने तरिका

वैज्ञानिकले पत्ता लगाए—मस्तिष्कमा ज्ञान अपलोड गर्ने तरिका


वैज्ञानिकहरु कुनै पनि ज्ञान सिधै मस्तिष्कमा पसाउनु भनेको व्यक्तिलाई निन्द्रा लाग्नमा मेहनत गरे बराबरको वैज्ञानिक म्याट्रिक्स हो भन्ने कुरामा विश्वास गर्छन् । अनुसन्धानकर्ताहरुले छोटो समयमा नैै कुनै पनि ज्ञान मस्तिष्कमा सिधै पस्न सक्ने एक सिमुलेटरहरुको विकास गरेको दाबी गरेका छन् ।

उनीहरुले उक्त सिमुलेटर ‘जीवन जिउन सिकाउने कला’सँग पनि तुलना गरेको दाबी गरेका छन् । म्याट्रिक्स शैलीमा तीव्र गतिमा हुने यस सफ्टवेयर विज्ञान क्षेत्रअन्तर्गतको विकासको पहिलो चरणमा हुन सक्नेमा उनीहरुले विश्वास गरेका छन् ।

‘नियो–नोइर–साइन्टिफिक क्लासिक’ नामक फिल्ममा त्यहाँको एक मुख्य पात्रले कङ्ग–फु कसरी खेल्ने भन्ने विषयको बारेमा केही सेकेन्ड भित्र नै आफ्नो मस्तिष्कमा सिधै अपलोड गरेको देखाएको छ । क्यार्लिफोनियाको एचआरएल प्रयोगशालाका एक अनुसन्धानकर्ताले उनीहरुले हलिउड फिल्ममा देखिएको भन्दा कम सानो स्केलमा सिकाइ बढाउने तरिका फेला पारेको बताए ।

अनुसन्धानको निम्ति उनीहरुले एक प्रशिक्षित पाइलटको मस्तिष्कमा विद्युतीय संकेतहरु जडान गरेर उनलाई थाहा भएको र नभएको विषयमा अध्ययन गरेका थिए ।

‘फ्रोन्टिअर्स इन ह्युमन न्युरासाइन्स’ जर्नलमा प्रकाशित एक अध्ययनअनुसार विद्युतीय इम्बेड्रेड हेड क्याप्सको माध्यमबाट मस्तिष्कमा उत्तेजना प्राप्त गर्ने विषयहरुले उनीहरुको पाइलटिङ क्षमतामा सुधार ल्याउनुका साथै प्लेसबो अन्र्तगत ३३ प्रतिशत राम्रो काम गरेका थिए ।

अध्ययनको यस विषयमा बताउँदै डा. माथ्र्यु फिलिप्सले भने, ‘हाम्रो सिस्टम यस इलेक्ट्रिकअन्तर्गतको पहिलो चरण हो । यसले मस्तिष्कलाई उत्तेजना प्रदान गर्ने काम गर्छ ।’

यसको आवाज सान्इस–फाई प्रकारको आएतापनि उक्त प्रणाली वैज्ञानिक पद्धतिमा आधारित रहेर बनेको बताउँदै उनले भने, ‘हामीले हेरेका विशिष्ट कार्य भनेको संज्ञात्मक र मोटर प्रदर्शनी दुवैको समन्वयको आवश्यक रहने एउटा विमान पाइलट गर्नु थियो ।’
जब ब्यक्तिले केहि नयाँ कुरा सिक्दछ, तब शारीरिक रुपमा मस्तिष्कमा पनि स्वतः परिवर्तन हुन पुग्दछ । यसरी जडानहरु बनाउने प्रक्रिया लाई न्युरो–प्लास्टिसिटी भनिन्छ ।

यो स्पिच तथा मेमोरीजस्ता केहि विशेष कार्यहरु गुलाबी रंगमा परिवर्तित भएर मस्तिष्कको केही आंशिक भागमा रहिरहन्छन् । निम्न प्रणालीद्धारा मस्तिष्कमा कुनै पनि साधन चलाउने, भाषा विशेष तथा परीक्षाको निम्ति तयारी लगायतका उत्तेजनाहरु पैदा गराउन सकिने डा. माथ्र्युको विश्वास रहेको छ ।

तस्विरः टेलिग्राफ

‘वास्तवमा भन्नुपर्दा हाम्रो प्रणालीको मुख्य लक्ष्य भनेको व्यक्तिले कुनै पनि विषयबारे ज्ञान हासिल गरेजस्तै मस्तिष्कको विशेष केहीण् आंशिक भागहरुमा परिवर्तन ल्याउनु हो,’ उनले थपे ।

यो पद्धति वास्तवमै एक पुरानो पद्धति हो । अझ भन्ने हो भने करिब ४ हजार वर्ष पहिले प्राचीन कालमा नै यसै पद्धति द्धारा मस्तिष्कलाई उत्तेजित बनाई ब्यक्तिमा भएको पीडालाई कम गराइन्थ्यो ।

बहुमुखी प्रभिाशाली मानिने बे्रन फ्रान्कलिनले समेत आफ्नो टाउकोमा करेन्टको प्रयोग गरेका थिए । तर, वैज्ञानिकहरुको एक सर्वेक्षण अनुसार यो पद्धति २ हजार वर्ष अगाडि नै उक्त अध्ययनलाई उचित तथा सम्भावित तरिकाबाट व्यक्तिगत उत्तेजनाको निम्ति प्रयोग भइसकेको थियो ।

एकै कार्य गरिरहँदा पनि एक व्यक्तिको मस्तिष्क अर्काे व्यक्तिको मस्तिष्कभन्दा फरक रहन्छ । मस्तिष्क उत्तेजना पद्धतिलाई राम्ररी नियाल्ने हो भने व्यक्तिको सिकाइ पद्धतिमा यसले राम्रो नतिजा प्राप्त गरिरहेको देखिन्छ । यसैबीच भर्खरै मात्र गरिएको एक अध्ययनले वुद्धिमानी व्यक्तिहरु सजिलै आफ्नो कामबाट विचलित हुने तथ्य पत्ता लगाएको छ ।

द टेलिग्राफबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ