२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए निर्वाचनः उपत्यका बाहिर ७५ प्रतिशत मत खस्यो

एनएमए निर्वाचनः उपत्यका बाहिर ७५ प्रतिशत मत खस्यो


काठमाडाैं– नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी सभाका लागि काठमाडौं उपत्यका बाहिर भएको निर्वाचन सम्पन्न भएको छ ।
माघ ४ र ५ गते काठमाडौं उपत्यका बाहिर भएको मतदानमा २ हजार ८ सय ५१ जना चिकित्सकले मतदान गरेको प्रमुख निर्वाचन अधिकारी डा. बाबुराम मरासिनीले जानकारी दिए ।

संघका अनुसार उपत्यका बाहिर झण्डै ३ हजार ६ सय मतदाता छन् । कुल मतदाताको ७५ प्रतिशतले मतदान गरेको प्रमुख डा सरासिनीले बताए । संघको ऐन अनुसार उपत्यका बाहिर छुटेका मतदाताले आगामी १७ गते देखी २१ गतेसम्म उपत्यकामा हुने निर्वाचनमा मत हाल्न पाउनेछन् ।

संघको निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यका बाहिर सम्पन्न भएको निर्वाचनमा मेचीबाट १२७, कोशी ३८८, धरान ३४५, सगरमाथा ४६, लाहान ४३, जनकपुर २३५, नारायणी २६०, चितवन ३९७, गण्डकी २५२, लुम्बिनी ३१६, सेती ९२, सुर्खेत २७, दाङ्ग ६०, जुम्ला १९, पाल्पा ७१ मत खसेको छ ।

संघको आगामी कार्याकालकोलागि प्रजातान्त्रीक प्यानलबाट डा. लोचन कार्की अध्यक्ष रहेको प्यानल चुनावी मैदानमा छ भने समावेशी चिकित्सक प्यानलबाट डा पुष्पमणी खरालको टिम रहेको छ ।

स्वतन्त्रबाट महासचिवमा डा. दिपेन्द्र पाण्डे र डा. अजय कुमार मिश्रले उमेदवारी दिएका छन् । उपत्यकामा करिब ६ हजार मतदाता रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ