२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजोरपाटीमा खुल्यो सुविधा सम्पन्न अस्पताल

जोरपाटीमा खुल्यो सुविधा सम्पन्न अस्पताल


काठमाडौं—जोरपाटीमा सुविधासम्पन्न अस्पताल संचालनमा आउने भएको छ । करिब दुई वर्षको अथक प्रयास पछि जोरपाटी चोकमा खङ्ग्री अन्तर्राष्ट्रिय अस्पताल संचालनमा आउने भएको हो ।

अस्पताल २५ शैय्या क्षमताबाट सुरु गरेको छ । आगामी शनिबारबाट औपचारिक संचालनमा ल्याउन लागेको अस्पतालले एक हप्ता निःशुल्क विशेषज्ञ सेवा दिने भएको छ ।

अस्पतालकी प्रमुख डा. लक्ष्मी आवाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् । अस्पतालले अत्याधुनिक वेडहरु राखेको छ ।

निजी अस्पतालहरुमा जनता महंगो सेवा लिन बाध्य हुन्छन् भन्ने भ्रमलाई चिर्न पनि खङ्ग्री अन्तर्राष्ट्रिय अस्पतालले काम गर्ने डा. आवाले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ