२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअंग प्रत्यारोपणः अब लिने दिने दुवैको ल्याप्चे, फोटो अनिवार्य

अंग प्रत्यारोपणः अब लिने दिने दुवैको ल्याप्चे, फोटो अनिवार्य


काठमाडौं-सरकारले मिर्गाैला प्रत्यारोपण गर्दा लिने र दिने दुवै को वायोमेट्रिक प्रणाली अनिवार्य राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अंग प्रत्यारोपण नियमावली संशोधन गरेर त्यस्तो व्यवस्था गर्न लागेको हो ।

मिर्गौला प्रत्यारोपण गर्दा नक्कली दाता खडा गरी अंग प्रत्यारोपण गरेको घटनाबाट पाठ सिक्दैं सरकारले नियमावली नै संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको मन्त्रालय स्रोतले जनाएको छ । त्यसका लागि धमाधम काम भइरहेको छ ।

केही दिनभित्र मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव लैजाने तयारी भएको मन्त्रालयका एक उच्च अधिकारीले हेल्थ आवाजलाई जानकारी दिए ।

गत साउनमा ललितपुरको निदान अस्पतालमा एक व्यक्तिलाई अंग दानको लागि तयार पारेर अर्कै व्यक्तिको मिर्गौला निकालेर प्रत्यारोपण गराएको तथ्य बाहिर आएपछि सरकारले मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ०७३ लाई संशोधन गरेको हो ।

अस्पतालले रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको थियो । सो क्रममा सुरुमा दिन सिफारिस भएका व्यक्ति नभै अप्रेसनका बेला अर्कै व्यक्ति तयार भएको तथ्य लामो समयपछि बाहिर आएको थियो ।
अंग प्रत्यारोपणमा निदान अस्पतालबाट पाठ सिकेको सरकारले यस्ता घटनालाई रोक्न नियमावली संशोधन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमावलीमा अब अंग लिने–दिनेको फोटो, ल्याप्चे, हस्ताक्षर र बायोमेट्रिक प्रणालीलाई अनिवार्य गरिएको छ । सिफारिस गर्दादेखि अप्रेशनका बेलासम्म व्यक्ति फेरियो वा पूरानै हो भनेर चिकित्सकहरुले जाँच गरिरहने छन् । अहिले धेरै ठाउँमा प्रत्यारोपणका लागि चिकित्सक तयार भएका छैनन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ