२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१६ चिकित्सकको १० औं तहमा बढुवा (नामावलीसहित)

१६ चिकित्सकको १० औं तहमा बढुवा (नामावलीसहित)


काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ जना विशेषज्ञ चिकित्सकको दशौं तहमा बढुवा गरेको छ । मंगलबार बसेको बढुवा समिति बैठकले विशेषज्ञ चिकित्सहरुको बढुवा गरेको हो ।

बढुवा हुने चिकित्सकहरुमा भरतपुर अस्पतालमा कार्यरत सर्जन रहेका डा. वैकुण्ठ अधिकारी र फिजिसियन डा. राजु बस्नेत, त्यस्तै जनकपुर अस्पतालका ग्याष्टट्रोइनटेरोलोजिष्ट डा. रामदेव चौधरी, वीर अस्पतालमा कार्यरत ग्याष्टट्रोइनटेरोलोजिष्ट डा. जैनेन्द्र कुमार चौधरी, जनरल फिजिसियन डा. अनन्तभक्त उप्रेती, डा इन्डडेन्टिस्ट डा.रिमा जोशी रहेका छन् ।

त्यसैगरी अर्थोपेडिक डा भद्र हमाल, कोशी अञ्चल अस्पतालका कन्सल्टेन्ट सर्जन रविन राज सिहँ, कान्ति बाल अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. कृष्ण प्रसाद भट्टराई, राष्ट्रिय ट्रमा सेन्टरमा न्युरो सर्जन रहेका डा. निलम कुमार खड्का र अर्थोसर्जन डा. सन्तोष पौडेल, महाकाली अञ्चल अस्पतालका अर्थोपेडिक सर्जन डा. रोजन ताम्राकार, गौर अस्पताल रौतहटका पेडियाट्रीसियन डा. नजाला खातुन, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, काठमाडौँमा कार्यरत रेडियोलोजिस्ट डा. सुबज भट्टराई, स्वास्थ्य सेवा विभाग टेकुका साइक्याट्रिक डा. बासुदेव कार्की र पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखरामा कार्यरत इएनटी सर्जन डा. स्वस्ती शर्मा रहेका छन्।

नबौ तहमा २ वर्ष पुरा गरेका चिकित्सकहरुको बढुवा भएको समितिका एक सदस्यले बताए । बढुवा समितिको बैठक साउन र माघमा बस्ने गरेको छ । साउन र माघमा मात्र समितिको बैठक बस्ने भएको हुदा बढुवा भएका चिकित्सकहरुको जेष्ठता कायम भने नवौ तह सुरु गरेको दुई वर्ष पुगेको मितिबाट गनिने प्रवधान स्वास्थ्य सेवा नियमावलीमा उल्लेख छ ।

बढुवा भएका चिकित्सककाे नामावली


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ