२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना भाइरस परीक्षण नेपालमै

कोरोना भाइरस परीक्षण नेपालमै


काठमाडौं—कोरोना भाइरस परीक्षण पहिलो पटक नेपालमा सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सोमबारदेखि कोरोना परीक्षण सुरु गरेको हो । संक्रामक रोगको परीक्षण गर्न सन् २०१४ मा वीएसएल थ्री ल्याब स्थापना गरेको थियो ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले सोमबारबाट ल्याब सञ्चालनमा आएको बताइन् । कोरोना भाइरस आशंका गरी टेकु अस्पतालले तीनजनाको नमुना सो प्रयोगशालामा आइतबार पठाइसकेकोे छ । सरकारले आपतकालीन अवस्था भनेर परीक्षण शुल्क नलिने भएको छ, शुल्क अहिलेसम्म तोकिएको छैन ।

यसअघि शंकास्पद एक जना बिरामीको नमुना परीक्षण गर्न हङकङ पठाइएको थियो । उक्त परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि सरकारले उच्च सर्तकता अपनाइरहेको छ ।

यस्तै, टेकु अस्पतालमा कोरोना भाइरसको आशंका गरिएका तीन जना बिरामी छन् । आशंका गरिएकी मध्ये ४८ वर्षकी महिला बेइजिङबाट नेपाल आएकी थिइन् । उनी शनिबार अस्पताल भर्ना भएकी हुन ।

अर्का एक २८ वर्षकोे पुरुष हङकङबाट फर्किएका हुन् ।

त्यस्तै एक अमेरिकी नागरिक पनि भर्ना भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दिएको जानकारीअनुसार उनी चीनको वुहान सहरमा चार दिन बसेर नेपाल आएका हुन् । ज्वरो आएपछि उनीलाई सिधै टेकु अस्पताल पठाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ